0 COMMENTS

15403242_10209920430520483_1476566669_nरंञ्जिता ढकाल,थापा,बाके२४,मंङ्सीर/ क्रियासील पत्रकार महिला बाँकेले सन्डे क्लबमा  बिहिबार नेपालगन्जमा “पत्रकार महिलाको अवस्था र उनीहरुका चुनौती” बिषयक १ दिने अन्तरकृया कार्यक्रम सम्पन गरेकाे छ । क्रियासील पत्रकार महिला बाँकेलकाे आयोजनामा गरेको उक्तकार्यक्रममा बोल्दै क्रियासील पत्रकार महिला बाँकेकी अध्यक्ष उमाथापा मगरले यदि अहीले जिल्लामा महिला भएकै कारण महिलालाइ नयाँ सदस्यता दिनबाट वञ्चित गराइए सशक्त आन्दोलनमा जाने चेतावनी दिनुभएकाेछ ।

“पत्रकार महिलाको अवस्था र उनीहरुका चुनौती” विषयमा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेकी महिला विभाग प्रमुख अमृता के सीले पत्रकार महासंघमा पत्रकार महिलाको अवस्था र उनीहरुले झेल्नु परेको समस्या ,स्थितीका बारेमा प्रकाश पार्नुभएको थियो । अहिले पत्रकार महासंघ बाँकेले सिफारिस गरेका नयाँ सदस्यहरुका विषयमा आफू महिला विभाग प्रमुख भए पनि कति जना महिलाहरु सिभारिस भए भन्ने विषयमा माइनुट नदेखाइएकोले आफू अनविज्ञ रहेको स्पष्ट पारेकी थिइन् ।15356127_10209920430560484_926550969_n

कार्यक्रममा नेपाल पत्रकार महासंघका क्षेत्रिय संयोजक तथा केन्द्रिय सदस्य झलक गैरेले महिला भएकै कारण क्रियासील पत्रकारलाइ सदस्यता दिनबाट वञ्चिन नगराइने बताउनुभयो । उहाँले क्रियासील पत्रकारलाइ पत्रकारीतामा टिकी रहन र बिकि रहन समस्या नहुने बताउनुभयो । अहिले आएको सदस्यता विवादका विषयमा जिल्लाले नसके क्षेत्रले मंसिर मसान्त भित्र समाधान गर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका कानुनी सल्लाहाकार ठाकुर सिह थारुले पत्रकार महासंघ बाँकेले अहिले सिफरिस गारेका सदस्यताका विषयमा आफूसंग कानुनी परामर्श नगरेकाले त्यस विषयमा अनविज्ञता रहेको जानकारी दिदै महासंघको विधान अनुसार महिला , दलित र आदिबासीलाइ एक वर्ष क्रियासील पत्रकारीता गरेको हुनुपर्ने व्यवस्था गरेको जानकारी दिनुभयो ।

पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष शुक्रऋषी चौलागाइले पछिल्लो समय पत्रकार महिलाहरुको सहभागीता सुरुका दिनमा भन्दा विस्तारै घट्दै गइरहको भन्दै उनीहरुलाइ पत्रकारीतामा टिकाइ राख्ने वातावरण सबै पक्षले बताउनुपर्ने उल्लेख गर्नुभयो । विगतमा महिलाहरुलाइ पत्रकारीतामा टीकाउनका लागि पत्रकार महासंघले खेलेको भूमिकाको प्रशंसा गर्दै वर्तमान नेतृत्वले त्यसलाइ निरन्तरता दिन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम , डब्लु डब्लु जेकी संस्थापक अध्यक्ष अछरी पोख्रेल ,नेपाल टेलिभिजनका क्षेत्रिय संयोजक महेश थापा , पत्रकार लगायतले बोल्नुभएको थियो । कार्यक्रममा जिल्लाका पत्रकारहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।