0 COMMENTS

काठमाडौं२४, मंसिर / काठमाडौं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्ग अन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने तयारी भएको छ ।

सुरुङमार्ग निर्माणका लागि सरकारले एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी) मा प्रस्ताव पेश गरेको छ ।

अर्थमन्त्रालयले सुरुङमार्ग निर्माण गर्न चीनको बेइजिङस्थित एआइआइबीमा प्रस्तावपत्र पेश गरेको हो । असार पहिलो साता पेस गरिएको प्रस्तावअनुसार एआइआइबीले लगानीको निर्णय गरेमा सुरुङमार्ग निर्माणको थप प्रक्रिया छिटै अघि बढ्ने भौतिक पूर्वाधार मन्त्रालयको वैदेशिक सहयोग महाशाखा प्रमुख विष्णुओम बादेले बताए ।

सुरुङमार्ग निर्माणको अनुमानित लागत ८ अर्ब रुपैयाँ छ ।

शिवपुरीको डाँडा छेडेर बन्ने टोखा–थानसिंह फाँटसम्मको सुरुङमार्ग घटीमा ४.५ र बढीमा ६ किलोमिटरसम्मको र चार लेनको हुनेछ । –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।