रन्जिता ढकाल,थापा,नेपालगन्ज २२ मंसिर /नेपालगन्जमा लैङ्गिक हिंसा विरुद्धको१६दिवसीय कार्यक्रकाे अवसरमा क्रियाशिल पत्रकार महिला बाँकेले महिलाहरूलाइ सचेतना कार्यक्रमकाे अायाेजना गरेकाे छ। उक्त सण्डे क्लब कार्यक्रममा सहभागीहरुले घरेलु हिंसाका कारण महिला बेचबिखन हुने गरेको ,वैदेशिक रोजगारीको नाममा महिला बेचबिखनमा अधिकांश घरेलु हिंसाबाट पिडित महिलाहरु हुने गरेको सहभागीहरुको भनाई थियो ।
नेपालगन्ज वडा नं. १ निवासी जगत कुमारी बुढाले घरेलु हिंसाबाट पिडित महिलालाई न्यायको बाटोमा पुर्याउनुको साटो वैदेशिक रोजगारीको नाममा बेचबिखन गर्ने गरेको बताउनुभयो । अशिक्षा, असमानता, परम्परागत कुसंस्कार र चेतनाको अभावका कारण पनि घरेलु हिंसाबाट पिडित महिलाहरु मानव बेचबिखन गर्ने दलालहरुको फन्दामा परि बेचिने गरेको उनले बताए ।
सहभागी इन्द्र कुमारी रानाले प्रत्येक घरघरमा घरेलु हिंसा एक अपराध हो भन्ने बारेमा चेतना हुनु आवश्यक रहेको औल्याउनु भयो । महिलालाई मात्र नभएर हरेक घरका पुरुषलाई घरेलु हिंसाको बारेमा जानकारी दिन सके महिलाहरु बेचिने अवस्थासम्म नपुग्ने उनको भनाई थियो ।
क्रियाशिल पत्रकार महिला बाँके अध्यक्ष उमा थापाले घरेलु हिंसाका कारण हुने मानव बेचबिखन रोक्नका लागि पहिलो माध्यम भनेको घर परिवार नै भएको हुँदा घर परिवारले घरेलु हिंसा विरुद्ध शुन्य सहनशिलता अपनाउनु पर्नेमा जोड दिनुुभयो । घरेलु हिंसाका कारण हुने मानव बेचबिखनको अवस्थाका विषयमा प्रकाश पार्दै केआई नेपालकी संयोजक राधिका गिरीले घरेलु हिंसा र मानव बेचबिखन एक अपराध हो भन्ने विषयमा सबैलाई जानकारी गराउन सके मानव बेचबिखनमा कमी आउने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा एकल महिला संजालकी सचिव जयन्ती केसी, नेपाल प्रेस युनियनका उपाध्यक्ष लक्ष्मी विसी, बागेश्वरी टिभिकी रञ्जिता ढकाललगायतले घरेलु हिंसाका विषयमा सबैको एक्यबद्धता आजको आवश्यकता भएको हुँदा महिला पुरुष दुवैमा मानव संवेदनशीलता हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्