0 COMMENTS

kiwi धनकुटा- केही बर्षअघि चीनबाट भित्र्याइएको किबी फलको ब्यवसायिक खेती बढेसँगै धनकुटाको पाख्रिबासस्थित कृषि अनुसन्धान केन्द्रले यसका विभिन्न प्रजातिमाथि सुरु गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

केन्द्रका कृषि वैज्ञानिकले ५ बर्ष यता १ हजारदेखि २ हजार ४ सय मिटरको उचाइसम्ममा खेती गर्न सकिने रेड, एलिसन, बु्रनो जस्ता ६ प्रजातीका किवी फलमा अनुसन्धान गरेका हुन् ।

उनीहरुले यी जातको हुर्कने, बढ्ने, फलको आकार, उत्पादन, भण्डारण क्षमता लगायत विषयमा अध्ययन गरिरहेका छन् ।

पाँच बर्ष लामो अनुसन्धानपछि जात सिफारिसको तयारीमा रहेका कृषि वैज्ञानिकले नेपालको मध्यपहाडी क्षेत्रमा स्वादिलो, स्वास्थ्यवर्धक र उच्च मूल्यको किबी फल उत्पादनको प्रशस्त ब्यवसायिक संभावना रहेको औल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।