काठमाडौं, २२ मंसिर / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बुधबारको संसद बैठक आज पनि स्थगित भएको छ ।
बैठकको सुरुमा बिपक्षी दलका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो भनाई राख्नेबित्तिकै प्रतिपक्षी दलका सबै सांसदले उठेर अवरोध गरेका कारण संसद बैठक शुक्रबारसम्मका लागि स्थगन गरिएको छ ।
संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता लिन भन्दै एमालेसहितका प्रमुख प्रतिपक्षी दलले लगातार चौथोपटक बैठक स्थगन भएको हो ।
प्रतिक्रिया दिनुहोस्