0 COMMENTS

15403209_10209875367993948_450958276_n
रंन्जिता ढकाल,थापा,नेपालगन्ज २१ मंसिर/
लैंगिक हिंसा विरूद्ध १६ दिने अभियानको अवसरमा केआइ नेपाल, नेपालगन्ज र कुरिती अन्त्य समाज बाँकेले मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध विषयक एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।
बाँके जिल्ला भित्र मानव बेचबिखन विरुद्धको लागि गठन भएको महिला समूहहरुको लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा ३५ जना महिलाहरुको सहभागिता रहेको थियो । 15320471_10209875346473410_1676469641_n
घर शान्तिी नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैगिंक हिंसा रहित समाज भन्ने यस वर्षको नारालाई आफूहरुले व्यवहारमा लागु गर्ने सहभागी महिलाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । पंचकोषी नारी समूह, नेपालगन्ज र सृजनशिल दिदि बहिनी समूह खजुराका महिलाहरुको सहभागितामा भएको अभिमुखिकरण कार्यक्रममा केआई नेपालका संयोजक राधिका गिरी र करिती अन्त्य समाज बाँके अध्यक्ष जयन्ती केसीले अभिमुखिकरण कार्यक्रममा सहजीकरण गर्नु भएको थियो ।
घरेलु हिंसा र यसको प्रभाव, मानव बेचबिखनका कारण र यसले पार्ने असर, मानव बेचबिखन सम्बन्धी कानूनी व्यवस्था, हिंसाका कारण र यसले समाजमा पार्ने असर, कुसंस्कार र कुरितीलगायतका विषयमा अभिमुखिकरण दिइएको थियो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।