0 COMMENTS

vajeबाँके – प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाले बाँकेमा आफ्नो काम सुरु गरेको छ ।दिगो विकासका लागि आत्मर्निभर तथा व्यवसायीक कृषिको विकास गर्न परियोजनाले यसैसाता जिल्ला कृषि विकास कार्यालयमा पत्र पठाएर कामको सुरुवात गरेको हो ।कृषि मन्त्रालयले सुरु गरेको प्रधानमन्त्री मृषि औद्योगिककरण परियोजना १० वर्षे कार्यक्रम भएको कार्यालय प्रमुख कृष्णबहादुर बस्नेतले बताउनुभयो ।
उक्त परियोजनाका लागि बाँकेमा ५ करोड ७० लाख रुपैया विनीयोजन भएको छ । स्वदेशी लगानी सोच अनुसार उक्त परियोजनालाई सञ्चालन गर्न लागिएको हो । आधुनिकिकरण संगै त्यसको विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बस्नेतले बताउनुभयो ।यसमा आधुनिकिकरण पनि उतिकै रहेको उहोको भनाई छ । कृषि मन्त्रालयको डिजाईन अनुसार यसमा चार वटा सम्भाग रहेको छ । पकेट क्षेत्र,बल्क,जोन र सुपरजाने सम्भाग अनुसार कार्य गरिने योजना रहेको बस्नेतले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।