काठमाण्डाै२०,मंङ्सीर/गोकर्णेश्वर नगरपालिकामा व्यापक भ्रस्टाचार भएको भन्दै सामाजिक अभियानता एक ठाउँमा उभिएका छन । बिकास निर्माणमा ढिला सुस्ती,लक्षित बर्गको कार्यक्रम अन्य शिर्षकमा खर्छ गरेको , नक्सा पास गर्न र निर्माण सम्पन्न गर्न लाखौँ भ्रस्टाचार गरेको भन्दै सुदर्शन बजगाई र राजु सुनारको अगुवाईमा भेला सम्पन्न भएको हो ।
भेलामा सहभागी पुस्पा लिम्बुले भनिन एकल महिलालाई धेरै हेपीएको छ र उनीहरुलाई दिईनुपर्ने अधिकार कटौती गरिएको छ त्यसैले अब जाग्न जरुरी छ । त्यस्तै बिहानी एकल महिला समुहकी अध्यक्ष जुमा लामाले आफुहरुले कार्यक्रम गर्न जाँदा पछी सहयोग गर्छु भनेर टालटुल गरेको र कार्यकारी अधिकृतले पछि बेवास्ता गरेको गुनासो सुनाएको थिईन ।सामाजिक अभियानता शान्ती श्रेष्ठले अहिले नगरपालिकाले लक्षित बर्गको कार्यक्रम संबंधित कार्यालयलाई जिम्मा लगाएर नगरवासीलाई दुख दिन खोजेकोले त्यस खाले निर्णयको अभिलम्ब खारेजीको माग गर्नु भएको थियो ।
सहभागीली आफुले भोगेको अनुभव सुनाएका थिए । कार्यक्रमको सहजीकरण सुदर्शन बजगाईले गरेका थिए भने कार्यक्रमको बारेमा बोल्दै राजु सुनारले भेला समापन गरेका थिए । भेलाले पहिलो चरणमा ज्ञापनपत्र बुझाउने र त्यसपछि पनि मागको सुनुवाइ नभए आन्दिलनलको आँधिबेरी सिर्जना गर्ने निर्णय गरेको छ ।कमिसन र लुटतन्त्र बिरुद्ध डटेर लाग्न आफू तयार रहेको राजु सुनारले आशाका किरणलाई बताए । आन्दोलन मार्फत अघि बढेर नगरवासीलाई प्रभावकारी सेवा दिन अब आन्दोलनको बिकल्प नरहेको सुदर्शन बजगाईले धरणा राख्नु भएको थियो ।
–