0 COMMENTS

15356074_1352369371461884_379120487_n15320448_1352369511461870_369791362_n   रंन्जिता ढकाल,थापा,बाँके२०,मंङ्सीर/नेपाल पत्रकार महासंघ बाँके शाखामा तालाबन्दी गरिएको छ । नयाँ सदस्यता वितरण र नविकरणमा महासंघको जिल्ला नेतृत्वले मनोमानी गरेको भन्दै नेपाल प्रेस युनियनको नेतृत्वमा सोमवार दिउँसो तालाबन्दी गरिएको हो । यसअघि नयाँ सदस्यता र नविकरणका लागि गरिएको सिफारिस सच्च्याउन माग गर्दै नेपाल प्रेस युनियन बाँके शाखाले ४८ घण्टे अल्टिमेटम दिएको थियो । त्यस्तै महासंघ बाँके शाखाका पूर्वअध्यक्षहरुले पनि निर्णयमा पुनःविचार गर्न आग्रह गरेका थिए ।

तर बाँके शाखाको नेतृत्वले कुनै सुनुवाई नगरेको भन्दै प्रेस युनियनमा आवद्ध पत्रकारहरुले कार्यालयमै तालाबन्दी गरेका हुन् । सदस्यता र नविकरणको सिफारिस योग्यता र सक्रियताका आधारमा नभई राजनीतिक आस्थाका आधारमा गरिएको प्रेस युनियनको आरोप छ ।
प्रेस युनियन नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन हो । बाँके शाखाको नेतृत्वमा एमाले निकट प्रेस चौतारीको बर्चस्व छ । महासंघ बाँके शाखाका सदस्य प्रियास्मृति ढकालले विपरित आस्था राख्ने कार्यसमितिका सदस्यहरुलाई थाहै नदिएर निर्णय गरिएको आरोप लगाएका छन् । ‘महासंघको निर्णय प्रक्रियामा हामीलाई समेत सहभागि गराईएको छैन । यसबाटै सदस्यता वितरण गर्नुपछाडिको नियत प्रष्ट हुन्छ ।’ ढकालले भने । उनले सबै मापदण्ड पुरा गरिएका युनियनका सदस्यहरुलाई महासंघको सदस्यताबाट बञ्चित गरिएको र पत्रकारीतामै नरहेका चौतारीका आवेदकहरुलाई सदस्यताको सिफारिस गरेको आरोप पनि लगाए ।15357054_1171498876264821_365100347_n

तालाबन्दी अघि भएको प्रेस युनियनको भेलाले आफ्ना सदस्यहरुलाई आवश्यक परे महासंघको बाँके शाखाबाट सामूहिक राजिनामा दिन समेत तयारी अवस्थामा रहने निष्कर्ष निकालेको थियो । युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले सौहाद्रपूर्ण तरिकाले विवाद मिलाउन शाखा नेतृत्वसँग पटक–पटक आग्रह गर्दा पनि सुनुवाई नगरेपछि बाध्य भएर तालाबन्दीमा उत्रनु परेको दाबी गरे । उनले शाखा नेतृत्वबाट गरिएको नयाँ सदस्यता र नविकरणको सिफारिस बदर गरेर नयाँ प्रक्रियामा नगएसम्म आफुहरुको संघर्ष नरोकिने बताए । अध्यक्ष शाहले भने, ‘हाम्रो लडाइँ सदस्यताका लागि भएको सिफारिसमा को परे, को परेनन् भन्ने विषयमा हुँदै हैन । प्रक्रियाप्रति आपत्ति हो । योग्यता र सक्षमता पुग्छ भने जुनसुकै संगठनमा आस्था राख्नेलाई पनि सदस्यता दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।