0 COMMENTS

जुम्ला२०, मंसिर । चन्दननाथ बाबाको मन्दिरभित्र राखिएको दराज खोल्दा प्राचीन दत्तात्रेय भगवानका दुईवटा मूर्तिसहित अन्य मूर्ति भेटिएका छन् ।

केन्द्रीय अनुस्धान ब्यूरोको टोली, प्रहरी प्रशासन, मालपोत, नागरिक समाज, धर्म संस्कृतिसम्बन्धी जानकार ज्येष्ठ नागरिकको रोहवरमा मन्दिरभित्रको दराज खोलेपछि मूर्ति भेटिएका हुन् ।

प्राचीन ब्रह्मा, विष्णु र महेश्वरको मूर्ति भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले जानकारी दिए। अभिलेखअनुसार २८ वटा मूर्ति चोरिएको भनिए पनि त्यसो नभई २१ मूर्ति चोरिएको र बाँकी सबै मूर्ति मन्दिरमै रहेको प्रजिअ पण्डितले बताए।

प्रहरी टोलीले अनुसन्धानलाई तीव्र पारेको प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले बताए। उनले सुरुमा स्थापना गरिएको १६ इन्चको दत्तात्रेय भगवान्को मुख्य मूर्ति भेटिएको बताए। उक्त मन्दिरका पुजारी चन्द्रमौलेश्वर गिरी अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । जिल्ला प्रशासन कार्यालयले चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिलाई शुक्रबार निलम्बिन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।