0 COMMENTS

photoतरकारी खेतीबाट राम्रो आयआर्जन हुन थालेपछि कञ्चनपुर जिल्लाका कृषकहरु व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाका बिभिन्न भागका कृषकहरु लौका, काउली ,भण्टा, मुला लगायतका तरकारी फलाएर मनग्ये आम्दानी लिन थालेका छन् ।

कन्चरपुरमा बिगतमा तरकारीका लागि भारतीय बजार बनबसामा निर्भर हुनुपर्ने अवस्था थियो । तर अहिले जिल्लामै व्यवसायिक तरकारी खेतीप्रति कृषकहरुको आकर्षण बढेसँगै तरकारीको पर निर्भताको अन्त्य भएको छ । कञ्चनपुरमा फल्ने तरकारी स्थानिय बजारमा मात्र नभएर पोखरा काठमाण्डौ र चितवनको बजारमा समेत जाने गरेको कृषकहरुको भनाइ छ । व्यावसायिक तरकारी खेतीसंगै घरधन्दा चलाउन सजिलो भएको र रोजगारीको समेत सृजना भएको कृषकहरु बताउँछन् ।

जिल्ला कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख देवीदत्त कलौनीले जिल्लामा कृषिको व्यावसायिकिकरण र आधुनिकिकरणका लागि कृषि विकास कार्यालय लागिपरेको बताउँनुभयो । यसका लागि कार्यालयले तालिम र अनुदान जस्ता कार्यक्रमहरु अगाडि बढाएको उहाँले बताउनुभयो । कञ्चनपुर जिल्लामा ५ हजार हेक्टर भन्दा बढी क्षेत्रमा तरकारी खेती गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।