0 COMMENTS

काठमाडौं१९, मंसिर / यही मंसिर २८ गते ज्यापू संस्कृति विकास कोषले तेह्रौँ राष्ट्रिय ज्यापू दिवस मनाउने भएको छ ।

कोषका कावा अध्यक्ष मोहनकृष्ण सिंहको नेतृत्वमा गएको एक टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उहाँकै निवास लाजिम्पाटमा भेटी ज्यापू दिवसका दिन वसन्तपुरमा हुने कार्यक्रममा प्रमुख आतिथ्य ग्रहणका लागि निमन्त्रणा गरेको छ ।

अध्यक्ष सिंहले ज्यापू संस्कृति बचाइराख्नका लागि आर्थिक सहयोग गर्न समेत प्रधानमन्त्रीलाई आग्रह गरेको छ । दाहाल निवास लाजिम्पाटमा आज बाजागाजा सहित पुगेको कोषको टोलीले प्रधानमन्त्रीलाई नेवारी परम्परानुसार किसली (माटाको पालामा चामल, सुपारी, र चाँदीको सिक्का) समेत राखी कार्यक्रममा प्रमुख अतिथि बन्न निमन्त्रणा दिएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले यहाँका कला–संस्कृति बचाइराख्न आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाएको छ ।हरेक वर्ष योमरी पूर्णिमा (यस वर्ष मंसिर २८ गते) का दिन काठमाडौँका विभिन्न टोलबाट बाजागाजासहितका सांस्कृतिक पदयात्राका टोलीले नगर परिक्रमा गरी वसन्तपुरमा कार्यक्रम गर्दै आइरहेको कोषका सचिव सन्तकृष्ण महर्जनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।