0 COMMENTS

मंसिर१८, प्यूठान / अखण्ड ५ नम्बर प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका प्यूठान लगायतका जिल्लामा शनिवार विहानैदेखि आन्दोलन सुरु भएको छ ।प्यूठानका उद्योग व्यवसायीहरु बजाpyuthanर बन्द गरेर सडकमा उत्रिएका छन् ।

आज जिल्लाका १० बजार इलाकाहरुमा उद्योग व्यवसायीहरुले दवाव मुलक र्‍याली तथा कोण सभा गरेका छन् ।प्यूठान उद्योग बाणिज्य संघको आव्हानमा बजार इलाकाहरुले आन्दोलन गरेका हुन् । संविधान संशोधन मार्फत प्रदेश नं. ५ लाई टुक्राउन नहुने भन्दै उनीहरुले प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

हिमाल, पहाड र तराईलाई अलग बनाएर मुलुकको आर्थिक समृद्धि नहुने व्यवसायीहरुले बताएका छन् । अखण्ड ५ नं. प्रदेश कायम गर, संविधान संशोधन प्रस्ताव फिर्ता गर, हिमाल पहाड तराई कोहि छैन पराई लगायतका नारा समेत लगाएका छन् ।

जनभावनाको सम्वोधन गर्न सरकारसँग उनीहरुले माग गरेका छन् । जनभावना विपरित हुने प्रदेश सिमांकन हुन नसक्ने उद्योगहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।