0 COMMENTS

dattatreya जुम्ला१७,मंसिर, / नेपालको प्रसिद्ध धार्मिकस्थल मानिने जुम्ला चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवान्को मूर्ति चोरी भएको  एक साता पछी   साे प्रकरणमा    पुजारीसहित २३ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ उक्त मुर्ती चाेरी गर्ने   अपराधी हरूलाइ कारबाहीकाे माग सहीत  स्थानीए बासी हरूले ब्यापक रूपमा नारा जुलुस सम्म गरेका थीए ।
मंसिर ११ गते राति मन्दिरमा खटिएका प्रहरीले मूर्ति चोरिएको जानकारी गराएपछि प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेसहितको टोली घटनास्थल पुगेको थियो । आफू पुग्दा पुजारी चन्द्र मौलेश्वर गिरीले घटनास्थलमा लिपपोत गरी पुजा गरिसकेको काफ्लेको भनाई छ ।
‘लाग्थ्यो, मन्दिरमा चोरी भएकै छैन,’ काफ्ले भन्छन्, ‘उल्टै खुसी भएजस्तो भान हुन्थ्यो । उनी आफूले नियमित रुपमा गर्दै आएको पूजापाठ सिध्याएको जिकिर गर्दै थिए ।’
मूर्ति चोरिएकोबारे दुई–तीनपटक सोधेपछि मात्रै पुजारीले मुख खोलेको काफ्ले बताउँछन् । मन्दिरको बाहिरपट्टिको ढोका फोडिएको भएपनि बहुमूल्य मूर्ति भएको ढोका केही नभएको काफ्लेको भनाइ छ ।
चार हात भएको दत्तात्रेय भगवान्को मूर्तिसहित सानातिना गरेर १४ वटा मूर्ति चाेरी भएकाे थियाे ।चोरी भएको दत्तात्रेयको मूर्तिको शिरमा सुनको मुकुट र अन्य भाग चाँदीले बनेको कर्णालीका धार्मिक तथा संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताए भयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।