0 COMMENTS

kulmanराजधानीको लोडसेडिङ अन्त्य गरेर लोकप्रिय बनेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ माथि कारवाहीको प्रक्रिया सुरु भएको छ ।
विद्युत प्राधिकरण संचालक समिति (बोर्ड) को ७४१ औं बैठकले आफुखुसी निर्णय गर्न लागेको भन्दै कारवाही गर्ने चेतावनी दिएको छ । काठमाडौंको लोडसेडिङ अन्त्य गर्दा आफुखुसी निर्णय गर्दै एकलौटी ढंगले चल्न थालेको भन्दै बोर्ड बैठकले त्यस्तो नगर्न चेतावनी दिएको हो ।
प्राधिकरण सञ्चालक समिति (बोर्ड) ले कुलमानले गरेका केहि निर्णयहरु रद्द गरिदिएको छ । डेढ महिनापछि गत शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले समितिको निर्णय एवं स्वीकृति बिना एकल ढंगले गरेका निर्णयहरु प्रचलित विनियमावली तथा नियम विपरित रहेको भन्दै रद्द गरेको हो ।
बैठकले कुलमानलाई चेतावनी दिँदै अब उपरान्त त्यस्ता गैरकानुनी निर्णयहरु नगर्न भनेको छ । लोडसेडिङ अन्त्य गरेर चर्चामा रहेका कुलमानको चर्चा चुलिदै गएपछि सञ्चालक समितिका केही पदाधिकारी रुष्ट हुदै यस्तो निर्णय गराएका हुन् ।
काठमाडौंको मात्र लोडसेडिङ अन्त्य गरेर देशभरको लोडसेडिङ अन्त्य गर्ने प्रयासमा लागिरहेका घिसिङ सञ्चालको उक्त निर्णयले समस्यामा परेका छन् ।
सञ्चालक समितिका केही रुष्ट पदाधिकारीले घिसिङको काममा बाधा पुर्याउन एकलौटी निर्णय गरेको भन्दै अबरोध गर्ने प्रयास गरिरहेका हुन् ।टिभीअन्नपूर्ण डटकमबाट १७मङ्सिर २०७३

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।