0 COMMENTS

काठमाण्डाै१६,मंङ्सीर/विश्व एड्स विरुद्धको दिवस, बिहीबार हामी सबैको काम, एचआइभीको रोकथाम भन्ने नाराका साथ मनाईंदैछ ।

बढ्दो जनचेतनाका कारण नेपालमा एचआईभी संक्रमणदर झण्डै ८० प्रतिशतले घटेको छ । यस्तै एड्सका कारण हुने मृत्यु २२ प्रतिशतले घटेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चेतनाकै कारण एन्टिरेट्रोभाइरल औषधिमा बिरामीको पहुँच बढ्दै गएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

नेपालमा सन् १९८८ मा पहिलो पटक एचआईभिको संक्रमण भएको पुष्टि भएको थियो । नेपालमा अहिले झण्डै ३९ हजार ३९७ जनामा एचआईभिको संक्रमण रहेको अनुमान गरिएको छ ।एचआईभी र एड्सबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर १ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

अहिले विश्वमा तीन करोड ६७ लाख मानिस एचआइभी संक्रमित रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । त्यसमध्ये एक करोड ८२ लाख संक्रमतिको एन्टी रेट्रोभाइरल थेरापीमा पहुँच छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।