0 COMMENTS

काठमाण्डाै २०७३ मंसिर १६/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा शिक्षा सुधारको माग राखेर अनसनरत त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीको माग तत्काल सम्बोधनका लागि स्वास्थ्य र शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री गगनकुमार थापा र शिक्षामन्त्री धनीराम पौडेललाई बिहीबार बिहानै सरकारी निवास बालुवाटार बोलाएर केसीका माग तत्काल पूरा गर्न निर्देशन दिएका हुन् ।

केसीको १० औं पटकको अनसन १८ औं दिनमा प्रवेश गरेका दिन शिक्षा र स्वास्थ्यमन्त्रीलाई केसीको माग सम्बोधन गरी जीवन रक्षाको पहत गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार केसीका मागबारे सम्पूर्ण अधिकार प्रधानमन्त्रीले मन्त्रीद्वय थापा र पौडेललाई दिएका छन् । ‘प्रधानमन्त्रीज्यूले केसीका जायज माग सम्बोधनका लागि गर्नुपर्ने के–के हो सबै गर्नुस् भन्ने निर्देशन मन्त्रीहरुलाई दिनुभएको छ’, आचार्यले भने ।

सरकारी टोली र केसीका समर्थकबीच विगत तीन दिनयता लगातार भएको वार्ता निस्कर्षमा पुग्न सकेको छैन ।

केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवपिनयुत्त डिन प्राध्यापक डा. केपी सिंह र त्रिवि उपकुलपति तीर्थ खनियाँको बर्खास्तीलाई सहमतिको बटमलाइन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।