0 COMMENTS

Driving-license-काठमाडौं१६ पुस / यातायात ब्यवस्था विभागले आइतबारदेखि काठमाडौंको ठूलोभर्‍याङबाट पनि लाइसेन्स वितरणको काम थाल्ने भएको छ । लामो समय तयारी गरेरहेको विभागले आइतबारदेखि स्वयम्भुको ठूलोभर्‍याङस्थित नयाँ कार्यालय उद्घाटन गर्न लागेको हो ।

कार्यालय खुलेपछि अहिले यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा लाग्ने भीड घट्ने दावी अधिकारीहरुको छ ।
आफू मातहतको ट्रायल सेन्टर नभएकाले सुरुवातमा यो कार्यालयले लाइसेन्स नवीकरणको काम गर्नेछ । यस्तै लाइसेन्सका लागि अनलाइनमार्फत अवेदन पनि कार्यालयले बुझ्नेछ ।

ट्रायल सेन्टर भाडामा

अबको एकहप्ताभित्रै कार्यालय अन्तरगत रहने गरी निजी ट्रायल सेन्टर भाडामा लिएर काम थालिने विभागका निर्देशक निरञ्जन रिजालले  जानकारी दिए ।

‘नयाँ कार्यालयको आफ्नै ट्रायल सेन्टर नभएसम्म दैनिक लिइँदै आएको भन्दा बढी आवेदन लिने अवस्था छैन,’ रिजालले भने,’लाइसेन्स वितरणअघि हुने ट्रायलका लागि निजी सेन्टर भाडामा लिन लागेका छौं । यसपछि काठमाडौंमा लाइसेन्स बनाउन सर्वसाधारणलाई निकै सहज हुनेछ ।

थप दुई कार्यालय पनि

विभागले एकसाताअघि मात्रै लाइसेन्सका लागि अनलाइन आवेदन खुला गरेको छ । अब भक्तपुरको सल्लाघारी र काठमाडौंको चाबहिलमा पनि लाइसेन्स वितरण गर्ने कार्यालय खुल्नेछन् ।

यसका लागि घर भाडामा लिएर विभागले फर्निसिङको काम गरिरहेको छ । ठूलाभर्‍याङस्थित कार्यालयको भने आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गर्ने कार्यक्रम छ ।यसपछि लाइसेन्सको काम गर्न एकान्तकुना नै पुग्नुपर्ने बाध्यता हट्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।