0 COMMENTS

15800910_184126708728496_1228953151_nचीतवन,१६ पुस/ अनेरास्ववियु एनपिआई सिटिइभिटी क्याम्पस चीतवन कमिटिको  भेलाले सुजन ढकालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । नवगठित कमिटिको उपाध्यक्षमा सन्दिप रानामगर र गुणेश्वर सिंह, सचिवमा प्रदिप तिवारी, सहसचिवमा मनोज पौडेल र कोषाध्यक्षमा सुजन पाठक रहेका छन् ।

यस्तै, भेलाले बिभिन्न विभागका सहइन्चार्जहरु पनि तोकेको छ । इन्जिनियरिग सह इन्चार्जमा महादेवराज पन्त, सह सहइन्चार्जमा कमल श्रेष्ठ, कृषि विभाग सह इन्चार्जमा नारायण बि.क र सह इन्चार्ज रचना गौतम, महिला विभाग सह इन्चार्जमा प्रेजु देवकोटा, अखिल फोर्स सह इन्चार्जमा गम्भिरजंग खड्का र खेलकुद सह इन्चार्जमा जनक थपलिया चयन भएका छन् । भेलाको प्रमुख अतिथि अनेरास्ववियु जिल्ला सचिवालय सदस्य एवम् प्राविधिक सह इन्चार्ज पोषण केसी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।