0 COMMENTS

15820443_1378812335484254_1431674623_n रंन्जिन्ता ढकाल,थापा, नेपालगन्ज,१५पुस/ नेपालगन्जको मुटु सदरलाइन क्षेत्र बिस्तार हुने भएको छ । बिगत एक दशक यता सामान्य मर्तत समेत हुननसकेकाे सडक स्थानीयबासीहरुकाे साथ सहयाेग र सकारात्मक भूमिका काे कारण नेपालगन्जको मुटु सदरलाइन क्षेत्र बिस्तार हुने पक्का भएको हाे । एशियाली विकास बैंकको सहयोगमा सञ्चालित दोस्रो चरणको भित्री सडक सुधार योजना भित्र सदरलाइन क्षेत्र बिस्तार हुने भएको हो । ‘स्थानीयबासी, व्यापारीले सहयोग गर्नुभयो भने सदरलाइन क्षेत्र आधुनिक ढंगले सडक बिस्तार हुन्छ’, नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत गिरिराज ज्ञवालीले भने। उनका अनुसार, एडिबीको सहयोगमा नेपालगन्जको सडक, नाला सुधार बिस्तारका लागि दोस्रो चरणको परियोजना आरयूडिपी अन्तर्गत झण्डै पौने २ अर्ब रुपैया सहयोग प्राप्त भएको छ । ‘३६ किलोमिटरको डेन डिजाइन इष्टिमेट पनी तयार भएको जानकारी दिदै कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘त्यो बजेटले कति काम गर्न सकिन्छ भन्ने कुराको योजना पनि हेर्दैछौं ।’ उपमहानगरपालिकाले सुर्खेत रोड सुधारपछि सदरलाइन र घरबारीटोल लाई उच्च प्राथमिकतामा राखेको छ । ‘त्रिवेणीमोड देखि चारवाहिनी हुदै ट्राफिक चोकसम्मको काम पनी सुरु भएको छ ।15781926_1378812265484261_964700010_n

कार्यकारी अधिकृत ज्ञवालीले सदरलाइन क्षेत्रमा १४ मिटरको सडक प्रस्ताव गरिएको जानकारी दिंदै गराउदै भने सडक क्षेत्रफल नाप गरी त्यसभित्र रहेका संरचना हटाउन सम्बन्धित सबैलाई जानकारी दिने काम शुरू भइसकेकाे छ । आरयूडिपीले सदरलाइन बिस्तारमा कम्तिमा १६ मिटरको सडक प्रस्ताव गरेको थियो । ‘दीर्घकालीन विकासका लागि १६ मिटर नै उपयुक्त हो’, सम्बन्धित योजनाकार भन्छन्, ‘तर, स्थानीयबासीको क्षति न्यूनीकरणका लागि १४ मिटरमा सहमति गरियो । सदरलाइन बिस्तारको योजनालाई नेपालगन्ज उद्योग वाणिज्य संघले स्वागत गरेको छ । ‘विकासका योजनालाई हामी हातेमालो गरेर सहयोग गर्छौ’, संघका अध्यक्ष नन्दलाल वैश्यले भने, ‘तर, व्यापारिहरुको हित अनुकुल समयमै निर्माण कार्यसक्ने कुराको सुनिश्चितता परियोजनाले गर्नैपर्छ ।’ वैश्यले व्यापारिक व्यस्त क्षेत्र भएकाले समयमै आयोजना सक्ने कुराको सुनिश्चितता गर्न जोड दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।