0 COMMENTS

1466843146_619_Lose-Belly-Fat-Fast-With-5-Yoga-Posesसवै मानिस आफूलाई स्वस्थ राख्न चाहन्छन् । स्वस्थ्य रहनका लागि मानिस बिहानबिहानै दौडिनेदेखि लिएर जिम जानेसम्म गर्छन् । तरपनि आफूलाई पूर्णरुपमा स्वस्थ राख्न सकिरहेका छैनन ।

विभिन्न किसिमका खेलहरुमध्ये ब्याडमिन्टन, कराँतेलगायतका खेल पनि मानिस स्वस्थ्य रहने उपायकै रूपमा लिन्छन् । स्वस्थ्य रहन अपनाइने यस्ता अभ्यासले मानिसलाई फाइदा पुर्‍याए पनि पूर्णरुपमा भने पुर्‍याउदैन ।

शारीरिक अभ्यासका रुपमा जबसम्म योगलाई आत्मसात् गरिँदैन अरु कुनै उपायले त्यो सन्तुष्टि दिन सक्दैन ।

हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उतपत्ति र लय भइरहेको हुन्छ । योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ ।

योगको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृम, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो योग । केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन् संक्षपमा भन्नुपर्दा आफ्नो इच्छाशक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ ।

निष्कर्षमा योग त्यस्तो माध्यम हो जसले शरीर र आत्मालाई एकाकार गर्दछ र मान्छेलाई स्वस्थपनको व्यावहारिक अनुभूति दिलाउँछ । अरु व्यायामभन्दा योग नै किन ? भन्ने जिज्ञासुहरुका लागि निम्म बुँदा उपयोगी साबित हुन्छन्।

– स्वास्थ्य वैज्ञानिकहरुका अनुसार रोग लाग्नुको कारणमध्ये शरीरमा फ्रि रेडिकल बढ्नु पनि एक हो । फ्रि रेडिकल बढ्ने कारणमध्ये अत्याधिक थकानयुक्त कसरत दौडिनेदेखि लिएर जिम जानेसम्म पर्दछन् । योगमा कम थकान पर्दछ । जसका कारण फ्रि रेडिकल बढ्दैन ।

– अरु अभ्यास तथा कसरतले शरीरको बाहिरी भाग र मांशपेसीलाई मात्र धेरै असर पार्छ तर योगाले मानव शरिरका सम्पूर्ण अंग तथा कोषलाई समेत प्रभाव पार्दछ ।

– योग गर्दा खर्च हुँदैन । जिम जाँदा त्यहाँ भएको उपकरणहरुको पैसा तिर्नुपर्ने हुन्छ । स्वस्थ्य रहने उपायकै रूपमा खेलिने खेलहरु ब्याडमिन्टन, कराँतेलगायतका खेल खेल्न पनि पैसाकै आवश्यक पर्दछ । साथै योग अभ्यासका लागि सहयोगीको समेत आवश्यकता पर्दैन । जिम गरिसकेपछि हेभ्भी डाइटको आवश्यकता पर्दछ । तर योगका लागि धेरै खुराक आवश्यक पर्दैन सामान्य खाना मात्रै भए पुग्छ ।

– योग मात्र यस्तो अभ्यास हो, जसका हरेक अभ्यासमा स्वासप्रस्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हन्छ । योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न पनि सहयोग पु¥याउँछ ।

– योगाले सम्पूर्ण नशा,नाडी तथा रक्तनली शुद्ध गर्छ । अरु शारीरिक व्यायाममा यस्तो पाइँदैन ।

– अरु कसरतमा पाचन प्रणाली बिग्रने, लामो समयपछि हाडजोर्नी तथा मांशपेसी दुख्ने जस्ता समस्या आउन सक्छन्, तर योगमा त्यस्ता कुनै समस्या आउदैन ।

– योगले अहिंसा, शान्ति, चरित्र निर्माण, नैतिक शिक्षा, मनको निग्रह, बुद्धि विकास, सत्गुण विकास तथा समग्र जिउने तरिका सिकाउछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।