0 COMMENTS

birandraकाठमाण्डाै,१४ पुस/ स्वर्गीय राजा वीरेन्द्र शाहको ७२ औँ जन्मजयन्ती आज देशभर उनकाे सम्झनामा  विभिन्न कार्यक्रम गरी मनाइदै छ । २००२ साल पुस १४ गते तत्कालीन राजा महेन्द्र तथा आमा ईन्द्र राज्यलक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म  भएको थियो ।

तत्कालीन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गर्नुभएको थियो । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवी बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ । शाहवंशका दशौं राजा विरेन्द्रको २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो । तत्कालिन राजा वीरेन्द्रसहित तत्कालिन रानी ऐश्वर्य युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।