0 COMMENTS

nepalकाठमाण्डाै,१३, २०७३पुस / नेपाल सिलिगुडीमा भइरहेको चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्ने लगभग पक्का भएको छ । कञ्चनजंघा रंगशालामा बुधबार राति भएको खेलमा नेपालले माल्दिभ्सलाई ९-० ले हराउँदै सेमिफाइनलको लागि बाटो पक्का गरेको हो ।

नेपालको तर्फबाट सावित्री भण्डारीले ५ गोल गरेकी थिइन् भने मन्जलीकुमारी योन्जन, सपना लामा, हिराकुमारी भुजेल र निर्मला विकेलेएक/एक गोल गरे । भण्डारीले खेलको १२, २८, ३९, ५० र ६३ औं मिनेटमा गोल गरिन् ।योन्जनले ५२ औं, लामाले ६५औं र भुजेलले ७४ औं र भने विकले अतिरिक्त समयमा एक गोल थपिन् ।समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ८–० ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।