१७ हजार निर्दोश नेपाली जनताको ज्यान लिएर माओवादी भन्ने एक आपराधिक समूहले जनयुद्ध नामक सशस्त्र युद्ध चलायो । त्यो रक्तयुद्धले के दियो जनतालाई ? धेरै आमाहरुको कोख रित्तियो, कैयन दिदीबहिनीहरुको सिउँदो पुछियो । राजनीतिमा स्थापित हुन माओवादीले १७ हजारको बलि चढाए । कांग्रेस, एमाले, फोरमले पनि धेरैको ज्यान लिएरै राजनीतिमा स्थापित भएका हुन् ।
६२ / ६३ को जनआन्दोलनमा राजासँग के थिएन ? सेना, प्रहरी, सशस्त्र प्रहरी, राज्यको साधन स्रोत सबै राजाको हातमा थियो । राजाले चाहेको भए एक दुई हजार जनता मारेर आफ्नो सिंहासन जोगाउन सक्थे । तर उनले त्यसो गरेनन् । त्यति ठूलो आन्दोलनमा जति मानिसको मृत्यु भयो त्यसमा पनि राजाले शोक जनाए । त्यस्तो आन्दोलन तुरन्तै अन्त्य भएन भने विदेशी हस्तक्षेप बढ्छ भन्ने ठानेर आफ्नो राजगद्दिसमेत छाड्ने गरी देश राजनीतिक दलहरुलाई जिम्मा लगाए ।
देशको सार्वभौमिकता, स्वाधीनताका लागि राजगद्दि छाड्ने राजा ठीक कि १७ हजार नेपाली जनता मार्नेहरु ठीक ? १७ हजार जनताको बलि दिएर सत्तामा पुगेर मोजमस्ती गरेको मात्रै भए पनि ठीकै थियो । नेपाली जनताको रगत चुसेर उनीहरुलाई पुगेन । विदेशीको इशारा, विदेशीकै आदेश, विदेशीकै भात खाएर मोटाएका छन् । राष्ट्रघात भइरहेको राजाले मात्रै होइन जनताले पनि देखेका छन् । जब राजाले विज्ञप्ति जारी गरेर विदेशी हस्तक्षेप र राष्ट्रघातको कुरा गरे, नेपालमा विदेशी दलालहरु सर्लक्कै आवेशमा आए । तर राष्ट्रभक्त जनता, राष्ट्रभक्त नेता कसैले पनि राजाको भनाइ गलत भनेनन् । उनले बोल्न पाउनु पर्छ भने ।
माओवादीका एकजनाले पूर्वराजालाई पक्राउ गरेर कारबाही गर्नुपर्छ भने । पूर्वराजालाई पक्राउ गर्नले शुरुमा आफ्नो गर्दनको माया मारेर आउनु पर्छ ।
कानुन र संविधानले जे भनोस्, राजा नेपालमा छन् । राजसंस्था जनताको मनमा छ । राजसंस्था खारेज गरेर पनि केही राम्रो काम भएको भए जनता आवेशमा आउने थिएनन् । अब हेर्दै गर्नुहोला सन २०१८ सम्ममा नेपालमा राजसंस्था पुनस्र्थापना हुन्छ । घर–घरबाट नेपाली जनता निस्कनेछन् । आन्दोलन र निर्वाचन दुवै हिसाबले अब राजसंस्था फर्कीने छ ।
२४० वर्षसम्म नेपालमा राजससंस्था रह्यो । कस्तै अप्ठ्यारो परिवेशमा पनि नेपालका राजाहरुले यो मुलुक अर्को मुलुकमा गाभिन दिएनन् । देश जोगाएकै हुन् । तर आज देशमा माओजयन्ती मनाइन्छ, पृथ्वीजयन्ती मनाइँदैन । देशलाई माया नगर्ने, राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहलाई अवमूल्यन गर्ने कम्युनिस्ट कसरी भए बुझ्न सकेको छैन ।
राजसंस्थासँग पशुपतिनाथ र हिन्दु राष्ट्र पनि जोडिन्छ । नेपाल हिन्दुहरुको तपोभूमि हो । करोडौ हिन्दुहरुको भावनामा कुल्चेर, विदेशीको पैसाको बलमा नेपालालाई धर्मनिरपेक्ष बनाइएको छ । यो खारेज हुनुपर्छ, हुन्छ ।
धर्मराष्ट हुन्नुपर्छ । करोडौ नेपालीले आस्था । पशुपतिनाथ र राजसंस्थामा गएर जोडिन्छ । नेपालका राजाहरु धर्मको रक्षमा सधै अब्बल दरिए । राजा ज्ञानेन्द्रले पनि धर्मको रक्षा गरे । यसकारण हामी उहाँलाई मान्छौं । जनआन्दोलन तत्काल अन्त्य नहुँदा देश र जनताको असुरक्षा हुन्थ्यो । मानिसहरु धेरै मारिन सक्थे । विदेशीले हस्तक्षेप गर्न सक्थे । त्यो अवस्थमा देश र जनताको रक्षा गर्नु नै एक राजाको कर्तब्य हुन्थ्यो । यदि गद्दि छाड्दा देश र जनताको रक्षा हुन्छ भने छाड्छु भनेर छाडेका हुन् । अब त्यो गद्दि उनलाई पुनः प्राप्त हुन्छ । किनभने उनले छाड्ने बेलामा पनि जनताको नासो दलहरुलाई जिम्मा लगाएको भनेका थिए ।
अब नेपालमा एक पटक फेरि संग्राम हुन्छ । त्यो संग्राम राष्ट्रघाती र राष्ट्रवादीबीच हुनेछ । यो राष्ट्रको पक्षमा रहेका जनताले विदेशी दलालहरुलाई समाप्त पार्नेछन् । राष्ट्रवादी शक्तिले राजालाई नारायणहिटीमा पुन प्रवेश गराउनेछन् । त्यो बेला मेचीदेखि महाकालीसम्म दीपावली मनाइनेछ ।
नपत्याए अहिले नै हेर्नुहोस् न प्रचण्ड र बाबुरामले बोल्दा जनताले के भन्छन्, राजाले बोल्दा जनताले के भने । यो विषयको गहिराई नाप्नु पर्छ । राजा भनेको राजा नै हो । राजा हुनलाई स्वतन्त्र सिंगो राष्ट्र हुनु पर्छ । तर नेपालका नेताहरु त कुनै देशको मुख्यमन्त्री हुन खोजिरहेका छन् । राष्ट्र समाप्त भए पनि यी दलालहरुको राजनीति समाप्त हुँदैन । तर राजालाई सधै सिंगो, स्वाधीन, स्वतन्त्र, सार्वभौमसम्पन्न राष्ट्र चाहिन्छ । त्यस्तो राष्ट्रका लागि सच्चा मनले लड्ने भनेको राजा मात्रै हो ।(शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतसँगको कुराकनीमा आधारित)हामीले याे सामाग्री नेपल अाज भन्ने अनलाइन सम्सकरण बाट लीएका हाै ।।