0 COMMENTS

काठमाडौँ,१२ पुस/नेपालले एएफसी एसियन कप छनोट खेल्न पाउने भएको छ । एसियाली फुटबल महासंघले छनोट खेल्न सोलिडारिटी कप च्याम्पियन नेपाललाई प्रस्ताव गरेको हो ।

एसियन कपमा छनोट भएको गुवानले प्रतियोगिताबाट नाम फिर्ता लिएको छ । र, एएफसीमा गुवामको स्थानमा नेपाललाई छनोट गरेको हो ।

एसियन कप छनोटको ड्र २३ जनवरी २०१७ मा हुनेछ । २४ देशबीच हुने छनौटबाट १२ टिमले २०१९ मा यूएईमा हुने प्रतियोगिता खेल्नेछन् ।

छनोट खेल्ने २४ देशलाई ६ समूहमा विभाजन गरिनेछ । र, समूहको शीर्ष स्थानमा रहने दुई टिम एसियन कपका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।