0 COMMENTS

10378278_1014592715273878_3620136126624119224_nकाठमाण्डाै १२ पुस/नेपालमा विभिन्न समयमा धेरै आन्दोलन भए तर परिवर्तनका नाममा जति परिवर्तन देखीए ति सबै जनताका लागि सुन्य भन्दा अरु केहि देखीएनन । अझै भनौ भने राष्ट्रिय पोशाक त नेपालमा राणाकाल,पंचायत,बहुदल,राजतन्त्र,गणतन्त्र, लोकतन्त्र हुदै मनपरितन्त्रसम्म आउदाँ कैयौ पटक बस्यो त कैयाैँ पटक हटाईयो तर यसको मुल्यमान्यता र गरिमालाई कहिल्यै मनन गरिएन । पोशाकलाई मात्र शरिर ढाक्ने साधनको रुपमा लिई यस्को उच्चमुल्याङ्कन समेत कहिल्यै भएन । २००७ भन्दा अगाडिको त कुरै छाडौ ०३६,०४५,०५७ सम्ममा विभिन्न कारणहरु देखाउदै पोशाको गरिमालाई मर्मस्पर्शि रुपमा राजनैतिक घाउहरु लगाइयो र अन्ततः परिवर्तनको नाम राखी २०६८ मा नेकपा माओवादिको सरकार आउनासाथ राष्ट्रिय पोशाक दौरासुरुवाल टोपी हटाई नेपालीलाई पोशाक विहिन बनाई नाङ्गो ताण्डव नृत्य गर्न लगाईयोे । फलस्वरुप विना पहिचानका नेपाली बनाई विश्व जगतमा परिस्कृत गरियो। हुन त परिवर्तन यस्तै हुन्छ होला भन्ने अधिकांश जनतालाई मनमा यहि लाग्यो कि घाडो पन्छियो तर कसैले पनि मनन गरेन कि हामी के कुरामा अग्रसर हुदैछौ र के कुरालाई तिरस्कृत गर्दैछौ भन्ने आत्मविवेचना कहि कसैले गरेको पाईएन ।

तर विगत ३ वर्षदेखि श्रद्धावान् नेपाल लगायतका संघसंस्थाको आयोजनामा पुस १७ गतेका दिन राष्ट्रिय पोशाक दिवस मनाउदै आएको छ । आफ्नोपन र रितिरिवाज एवं नेपाली पोशाकलाई पहिचानको रुपमा स्थापित राखिराख्नको लागि अभियन्ता राजानन्द माण्डव्य लगा15202649_924769160992557_4421952901820412275_nयतका संघ सस्था रातदीन खटिरहेका  छन र  कार्यक्रम गएका तीन बर्षदेखी गर्दै आएको राष्ट्रिय पोशा अभियन्ता राजानन्द माण्डव्यले हामीलाइ जानकारी दिए उनले कार्यक्रमको तयारी अाफ्नाे तन,मन,धन ले सकेजती गर्ने र कार्यक्रमलाइ भब्य र सब्य संग समापन गर्न कुनै कसुर बाकी नराख्ने कुरा हामीलाइ जानकारी गराउनु भयाे ।  उनले यहि पुस १७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेकाे चाैथाे  राष्ट्रिय पोशाक दिवस कार्यक्रममा राष्ट्रिय पोशाक सहित उपस्थिति हुनको लागि सबैलाई आग्रह समेत गरे ।

कार्यक्रमको प्रमुख अतिथि पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपि शर्मा ओलि रहने छन् । सँगै विशिष्ट अतिथिमा राष्ट्रकवि माधब प्रसाद घिमिरे, संस्कृतविद् सत्यमोहन जोशी, माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठ, काँग्रेस नेता खुमबहादुर खड्का, कलाकार सुनिल थापा लगायतका विशिष्ट व्यक्तिहरुको आतिथ्यता रहनेछ भने कार्यक्रममा विविध सांस्कृतिक झाँकी, नृत्य, पञ्चेबाजा, धिमे सहितको प्रस्तुती रहने राष्ट्रिय पोशाक दिवस मुल समारोह समितीले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।