0 COMMENTS

15730755_1387556257930443_671150951_n
काठमाण्डाै,११पुस/  भनिन्छ यो संसारमा दानविरहरुको खाँचो छैन र मज्बुत इराधा र जनमुखी काम गर्ने हरुको लागि त झन त्यो स्वभाविक हो , हो ठिक त्यस्तै भएको छ एमालेको सबैभन्दा सशक्त भातृ संगठन अनेरास्ववियुको लागी ।

केन्द्रीय कार्यालय ब्यवस्थित गर्नको लागि अनेरास्ववियुका पुर्ब केन्द्रिय सदस्य कुमार पौडेलले एक थान कम्प्युटर सहयोग हस्तान्तरण गरेका छन । आज एक कार्यक्रमका बिच उनले अखिल केन्द्रीय कार्यालयलाई सहयोग गरेका हुन ।

संगठनलाई प्रविधिमैत्री बनाउन र संगठनका अभिलेखलाई कम्प्युटराईजेड ढंगबाट राख्नलाई सहयोग होस भनेर आफुले सहयोग गरेको कुमार पौडेलले आशाका किरणलाई बताए । पौडेलले अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष रश्मि आचार्या,सुनिता बराल,महेस बर्तौला र अनेरास्ववियु महासचिव ऐन महरको रोहबरमा कम्प्युटर हस्तान्तरण गरेका हुन ।

पौडेलले सोही अवसरमा अनेरास्ववियु केन्द्रीय पुस्तकालयलाई रु दस हजार सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेको अनेरास्ववियुका महासचिव ऐन महरले आशाका किरणलाई बताए ।अनेरास्ववियु महासचिवको पहलमा साँढे सात लाख बन्दा बढीको सामान कार्यालय ब्यवस्थापनको लागि जुटी सकेको छ भने अनेरास्ववियुका महासचिवले कार्यालय ब्यवस्थापन सम्हालेपछी दाताहरुले कार्यालयलाई विभिन्न ढंगबाट सहयोग गरेको जानकारी समेत आशाका किरणलाई प्राप्त भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।