0 COMMENTS

धनगढी, ११ पुस / विराटनगरमा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीलाई व्यक्तिगत रुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्य एकिन्द्र कुँवरले व्यक्तिगत रुपमा नगद पुरस्कार घोषणा गर्नुभएको हो ।

स्वर्ण पदक जित्नेलाई नगद रु १० हजार, रजत पदक जित्नेलाई नगद रु पाँच हजार र काँस्य पदक जित्नेलाई नगद रु तीन हजार पुरस्कार दिने केन्द्रीय सदस्य कुँवरले जानकारी दिनुभयो ।खेलाडीको हौसला बढाउन र उत्प्रेरणा दिनका लागि आफूले व्यक्तिगत रुपमा नगद पुरस्कार दिने घोषणा गरेको कुँवरको भनाइ छ

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।