0 COMMENTS

 cowकाठमाडौं, ११ पुस/कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गौ हत्या गरिएको भन्दै हिन्दू जागरण युवा संघ नेपालले भाेली १२गते गते मध्य पश्चिम बन्दको घोषण गरेकाे छ ।देश धर्म निरपेक्ष भए यता विभिन्न बाहनामा राष्ट्र र राष्ट्रियता र नेपालको मौलिक धर्म संस्कृति मास्ने षडयन्त्र स्वरुप विभिन्न खालका नियोजित प्रहारहरु भै रहेका ले याे सामुहीक रूपमा गरीएकाे गाै हत्या पनी नीयाेजीत रूपमा गरीएकाे हुनाले  यस्ता निकृष्ट तथा निन्दनीय कार्यको हिन्दू जागरण परिवार प्रतिकार गर्दै आएको छ । यस्ता अपराधीहरुको खोजी गरी दोषीलाई कार्रवाईको दायारामा ल्याउनु पर्नेमा  सरकार मौन बस्नुले आम हिन्दुत्व प्रेमी जनसमुदायहरुलाइ अझ आक्रोशित पारेको छ ।
गाई हिन्दुहरुको आस्थाको प्रतिक मात्र हैन नेपालको राष्ट्रिय जनावर पनि हो । त्यसैले राज्य बाट यस घट्ना प्रति कुनै चासो नदिनुले भोटको राजनीतिका लागि राज्य पक्षको प्रतक्ष्य वा अप्रत्यक्ष संग्लनता भएरै अपराधिक मनोवल बृद्धि गरिएको हो कि भन्ने संका पनि आम जनताहरुले गर्न थालिसकेका छन । त्यसैले आम जनताको मर्म र भावना बिपरीत हुने गरी पवित्र देवभूमिमा गरिएको गौ हत्याको घोर बिरोध तथा भर्त्सना गर्दै हिन्दू जागरण युवा संघ नेपालले सडक संघर्ष गरी रहेको पनि छ ।
घटनाको सत्यतथ्य छानवीन गरी दोषीमाथि कडा भन्दा कडा कार्रवाईको प्रकृया अगाडी नबढाईए सम्म आन्दोलनका कार्यक्रमहरु स्थगन हुने छैनन । यसै सन्दर्भमा पुस १२ गते मध्य पश्चिम बन्दको घोषणा गर्दै त्यहाका सम्पूर्ण न्यायप्रेमी जन समुदायहरुलाई सहयोग र समर्थनको लागि हार्दिक अपिल गर्दै हिन्दु जागरण युवा संघ नेपालले विज्ञप्ती निकालेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।