0 COMMENTS

काठमाडौं,१० पुस/पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत विभागीय टोली नेपाल आर्मीले सबैभन्दा धेरै मेडल जितेको छ ।

आइतबार भएको विभिन्न खेल अन्तर्गतको प्रतिस्पर्धामा आर्मीले १३ स्वर्णसहित १४ रजत तथा ९ कास्य गरेर जम्मा ३६ पदक जितेको छ । आर्मी पछि नेपाल पुलिस क्लबले ९ स्वर्ण, ७ रजत र १४ कास्यसहित तीसवटा पदक जितेको छ । सशस्त्र प्रहरी ६ स्वर्ण, ७ रजत र ९ कास्यसहित ३० पदकका साथ तेस्रो स्थानमा छ ।

मध्यामञ्चल ५ स्वर्ण, ४ रजत र ५ कास्यसहित जम्मा १४ पदक जितेर चौथो स्थानमा छ । सुदूर पश्चिमले ६ वटा पदकसहित पाचौं र मध्यपश्चिम एक स्वर्ण, २ रजत र २ कास्यसहित ५ वटा पदक जितेर छैठौ स्थानमा परेको छ ।

पूर्वाञ्चलले हालसम्म एक रजत र चार कास्य प्राप्त गरेको छ । पुछारमा भने पश्चिमाञ्चल २ रजत जितेको छ । अहिलेसम्म ३५ स्वर्ण, ३५ रजत र ५० कास्य पदकको छिनोफानो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।