0 COMMENTS

sunset_yogaहामीले स्वस्थ रहन धेरै कुरामा ध्यान पुर्याउनु पर्छ । हरेक दिन आफ्नो लागि कम्तीमा आधा घण्टाको समय आफ्नो स्वास्थ्यलाई दियौं भने त्यसले धेरै फाईदा गर्छ । स्वस्थ रहनका लागि बिहान योगा गर्नाले आत्मविश्वास मात्र बढ्दैन, स्वास प्रस्वास पनि राम्रो हुन्छ । अरु के के फाईदा गर्छ त योगाले– आज हामीले यस बारे एक सामाग्री तयार पारेका छौं ।

१. योगा गर्नाले हाम्रो शरीरलाई स्वास्थ र फुर्तिलो हुन्छ ।

२. योगाले हामीलाई स्वास प्रस्वास राम्रो बनाउन मद्दत गर्छ जसका कारणे शरीरमा अक्सिजनको मात्रामा कमी आउँदैन ।

३. योगा सँगसँगै खानपिनमा पनि ध्यान दिनाले स्वास्थ्यझन् राम्रो हुन्छ ।

४. योगाले शरीरलाई मात्र नभएर दिमागलाई पनि चुस्त राख्छ । त्यसैले योेगाले शारिरीक र मानसिक फाईदा पुर्याउँछ ।

५. योगाले रोग सँग लड्ने क्षमता विकास गर्छ । नियमित योगा गर्नाले विविध रोग लाग्न बाट बच्न सकिन्छ ।

६. योगाले नशा र हड्डीका रोगलाई पर राख्न मद्दत गर्छ । नियमित व्याम गर्नाले हात गोडाको जोर्नी दुख्ने जस्ता समस्या कम हुन्छन् ।

७. योगाले सकारात्मक सोचको पनि विकास गर्छ । यसले हिंसा, अशान्ति, कुविचार बाट पर राख्छ ।

८. योगाले हर्मन र ईन्जाईमको मात्रा सन्तुलित राख्न मद्दत गर्छ । यसको कारण हामी सक्रिय भएर काम गर्न सक्छौं ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।