0 COMMENTS
kali
कालीप्रसाद रिजाल

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्

यी हातले सधै सधैँ नेपाल लेख्न पाइयोस्
पुगौ म स्वप्नमा पनि गुराँसकै प्रदेशमा
हराभरा गरा हुँदै सुउर्वरा मधेशमा

पुगी सुरम्य गाउँमा थकाइ मेट्न पाइयोस्
यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस्
नेपाली श्रम र सीपको प्रभा दिगन्त फैलियोस्
यो देशको स्वतन्त्रता पवित्रता नमैलियोस्

नेपालको म सन्तति सगर्व भन्न पाइयोस्
यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस्
मलाई टेकी खुड्किलो यो देश माथि उक्लियोस्
यो सूर्य चन्द्रको ध्वजा मेरै रगतले रङ्गियोस्

स्वदेशको निमित्तमा यो शिर चढाउन पाइयोस्
यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस्
मलाई छैन चाहना मरेर स्वर्गमा पुगौँ
छ कामना यही मेरो बरु म नर्कमै परौँ

जहाँ पुगे पनि तर नेपाली भेट्न पाइयोस्
यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस्
थरीथरीका फूलहरू मिलिजुली फुलिरहून् ।
छरी मीठो मीठो सुबास सधै“भरि झुलिरहून्

यो एकता अखण्डता अटुट देख्न पाइयोस्
यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस्
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सधै“ सधै“ नेपाल लेख्न पाइयोस्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।