0 COMMENTS

lumbaniकाठमाडौं, १५ मंसिर, बुद्धको जन्मभूमि लुम्बिनी भारतीय गिद्धेदृष्टिको शिकार भएको छ । भारतीय पाठ्य पुस्तक, उसका अन्तराष्ट्रिय प्रकाशन लगायतमा बुद्धको जन्म भारतमा भएको निरन्तर प्रचार गर्दै आएको भारतीय सत्ताले नेपालको लुम्बिनीलाई बुद्ध जन्मभूमिको रुपमा कहिल्यै स्वीकार गरेन । वैज्ञानिक प्रमाण, इतिहास र पुरातात्विक अध्ययनले नेपालको लुम्बिनी नै बुद्धको जन्मस्थल प्रमाणित गरे पनि भारतको दाबी जारी रह्यो ।

माओवादी नेता पुष्पकमल दाहाल र कांग्रेस नेता शेरबहादुरको नेतृत्वमा हिजो नेपालको संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावले बुद्ध जन्मभूमिमाथि भारतको सिकन्जा कस्ने बाटो तयार गरिदिएको छ । दुई वर्षअघि नेपालको संसदमा बुद्ध जन्मेको देश भनी भाषण गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यसपछि फेरि बुद्धको जन्म भारतमै भएको भन्ने प्रचार गरिरहेका छन् । बिडम्बना भन्नुपर्छ पुष्पकमल र शेरबहादुर मोदीको त्यो डिजाइनमा मतियार बन्न पुगेका छन् ।

पुष्पकमलको माओवादी यात्रा, १७ हजार नेपालीको ज्यान लिने कथित जनयुद्ध र त्यसपछिको शान्ति प्रक्रियाका प्रत्येक कदमले उनी नेपाल नष्ट गर्ने भारतीय षडयन्त्रका गोटीका रुपमा अघि सारिएको तथ्य प्रष्ट भइसकेको छ । यही बुझेर नेपाली जनताले २०६४ को संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो बनाएको उनको दललाई ६ वर्षपछि भएको दोस्रो निर्वाचनमा ‘पुनःर्मुसिको भवः’ भन्दै तेस्रो पार्टीको रुपमा सजाय दिए । यद्यपि भारतीय सत्ताको चाकरी गर्दै कांग्रेससँग घाँटी जोडेर दाहाल सत्तामा पुनरागमन गर्न सफल भए । उनको पतन त निश्चित छ तर, त्यस भन्दा अघि नै नेपाललाई किस्ता किस्तामा समाप्त गर्ने भारतीय षडयन्त्र सफल पार्न उनी दत्तचित्त छन् ।

यो समग्र षडयन्त्रमा नेपाली कांग्रेस र त्यसका सभापति शेरबहादुर देखिनेगरी संलग्न छन् । नेपालको इतिहासमा षडयन्त्र र दुस्साहसका लागि चिनिएको नाम हो शेरबहादुर । बीपी कोइरालाले स्थापना गरेको कांग्रेसलाई राष्ट्र विरोधी षडयन्त्रमा सामेल गर्दै आफ्ना भारतीय मालिकहरुको पाउमा चढाउने काम शेरबहादुरले गरेका छन् । स्थानीय जनताको ब्यापक विरोध हुँदा हुँदै लुम्बिनीसमेत सामेल भएको प्रदेश ५ बाट तराई र पहाडलाई छुट्याउने ७० वर्षदेखिको भारतीय चाहना देउवाले पूरा गरिदिएका छन् । यो काम गरिदिए वापत पुष्पकमलबाट प्रधानमन्त्रीको कुर्सी आफूमा सारिदिने भारतीय मालिकहरुको बाचा पूरा हुने अपेक्षा उनले गरेका होलान् । तर, नेपाली जनताले पुष्पकमल सँगै शेरबहादुरलाई राष्ट्रिय अपराधी करार गरिसकेका छन् ।

शेरबहादुरको नामसँग यसअघि नै नेपाली राजनीतिका तमाम विकृति जोडिएका छन् । ०५२ सालमा पहिलो पल्ट प्रधानमन्त्री हुँदा भएको सांसद खरिद विक्रि काण्ड, सांसदहरुलाई गुमराहमा राख्न सुरा सुन्दरी काण्ड, पजेरो काण्ड घटाइसकेका उनीबाट परिवर्तनको कुनै अपेक्षा नेपाली जनताले गरेको छैन । तर, सुशील कोइरालाको निधनपछि कांग्रेसमा राष्ट्रवादी बिरासत धान्न सक्ने विकल्प नहुँदा अकुत पैसा र शक्तिकेन्द्रको प्रभाव प्रयोग गर्दै शेरबहादुर कांग्रेसको सभापति बन्न पुगे । यो नै नेपाली राजनीतिमा बिडम्बना भइदियो ।

०५७ सालमा दोस्रो पटक प्रधानमन्त्री हुँदा संसदीय प्रजातन्त्रलाई नै किस्तीमा हालेर दरवारमा बुझाएका उनले यसपल्ट संविधान संशोधन मार्फत लुम्बिनीलाई आफ्ना भारतीय प्रभुहरुको पाउमा बुझाउने षडयन्त्र गरेका छन् । पुष्पकमल यो षडयन्त्रमा देखिने अनुहार हुन् भने देउवा त्यो अनुहारका मुख्य हर्ताकर्ता । त्यसैले आम कांग्रेस सामु आज यक्ष प्रश्न उभिएको छ– आँखै अगाडि आफ्नै नेताले देश सिध्याएको देख्दा मौन बस्ने कि राष्ट्र जोगाउन पार्टी भन्दा माथि उठ्ने ? श्रोत चक्रपथ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।