0 COMMENTS

काठमाडौं१५, मंसिर / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकता विरोधी कुरा भएको बताएका छन् ।

बुधबार बिहान बालुवाटारमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का नेताहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले देश निर्वाचनतिर अघि बढेको बताए ।संघीयता अन्तर्गत सीमांकनमा हेरफेर गर्न लागिएको विरोधमा पश्चिम नेपाल र मध्यपश्चिम नेपालका विभिन्न जिल्लामा प्रदर्शन भइरहँदा दाहालले मुलुक निर्वाचनतिर अघि बढेको बताए ।

उनले सरकारद्वारा दर्ता गरिएको संविधान संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गरेको समेत दाबी गरे । प्रधानमन्त्री दाहालले भने, ‘हिमाल, पहाड र तराईबीच सुदृढ एकता सरकारको प्राथमिकता हो । अहिले दर्ता भएको संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गरेको छ ।’

उनले राष्ट्रको अहित हुने कुरा कल्पना पनि गर्न नसक्ने बताए । उनले भने, ‘संविधान संशोधन प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकता विरोधी कुरा हो ।’

संविधान संशोधन प्रस्तावपछि देश अब निर्वाचनको दिशामा अघि बढ्ने उल्लेख गर्दै दाहालले संविधान संशोधन प्रस्ताव दर्ता भएपछि पनि सहमतिको प्रयास जारी राख्ने बताए ।

‘एमाले पनि संशोधनको पक्षमा आउँछ, त्यसका लागि सरकारले सहमतिको प्रयास जारी राख्छ,’ प्रधानमन्त्री दाहालले भने ।

भेटमा महिला नेताहरुले संवैधानिक प्रावधानबमोजिम राज्यका निकायहरुमा महिलाको उचित प्रतिनिधित्वका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।