0 COMMENTS

prakas chandraपाल्पा, मंसिर १५ / राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव राष्ट्र र जनताको हितविपरीत रहेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले बुधबार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ५ नम्बर प्रदेशलाई कहिँ–कतैबाट टुक्र्याउनुपर्छ भन्ने जनमत नआएको अवस्थामा सरकारले ल्याएको संशोधन प्रस्ताव नै राष्ट्रघाती भएको बताए ।

उनले पार्टीको कार्यसम्पादन बैठकले यस विषयमा ठोस निर्यण लिने भन्दै सत्ताका लागि पार्टीले जनताको हितविपरीत काम गर्न नसक्ने स्पस्ट पारे ।

सिमाना हेरफेर कसका लागि किन गर्न लागिएको भन्ने विषयमा सरकारले जनतालाई प्रस्ट पार्न नसकेको उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।