0 COMMENTS

काठमाडौं१५ मंङ्सीर/ नेकपा (एमाले) ले संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव असफल बनाउन सदन र सडकमा प्रतिरोध गर्ने भएको छ ।

एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीसँग छलफलबिना जनमत र संविधानको भावनाविपरीत सङ्घीयता लगायतका विषयमा संशोधनको प्रस्ताव आएकाले त्यसलाई सफल हुन नदिने जनाए । पार्टीको प्रचार विभागले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले प्रदेशसभा गठन र उसको सहमतिबिना त्यसमातहतका सिमाना हेरफेर गर्ने अधिकार अहिलेको संसद्लाई नभएको तर्क गरे ।ज्ञवालीले भने, ‘संविधानको सर्वस्वीकार्यताका नाममा एमालेलाई एक्लो पार्न खोजेर कसरी निकास हुन्छ, यस्तो प्रयासले केवल राष्ट्रिय स्वाधिनतामा आँच आउने बाहेक अरु काम गर्ने छैन ।’

संसदीय दल बस्दै

यसैबीच, सरकारले संसद्मा मङ्गलबार दर्ता गराएको सविधान संशोधनपछिको रणनीति तय गर्न अहिले १२ बजे नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठक राखिएको सो दलका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।