0 COMMENTS

काठमाडौं, १४ मंसिर । स्वतन्त्र मधेसी गठबन्धनका नाममा तराईलाई नेपालबाट अलग गराउने उद्देश्यका साथ सक्रिय रहेका डा.सीके राउतले राज्यका तर्फबाट आफू र आफ्ना समर्थकहरूलाई हदैसम्मको दमन हुँदै आएको गुनासो गरेका छन् ।
तराईलाई अलग गराउने आफ्नो साढे चार वर्षे अभियानमा प्रहरीबाट भएको दमनका विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगले एक पटक पनि विज्ञप्ति जारी नगरेको डा.राउतले गुनासो गरे ।
‘स्वतन्त्र मधेस गठबन्धनको अभियान साढे चार वर्षमा पुग्दै गर्दा हाम्रा साथीहरूलाई प्रहरीबाट ठूलो दमन भएको छ’, उनले भने, ‘एम्नेष्टी इन्टनर नेशनलसहितका अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरू हाम्रा पक्षमा बोलेका छन् । तर राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि विज्ञप्ति निकालेन । हाम्रो पक्षमा बोलेको छैन ।’
विगत एक वर्षमा ४० वटा राज्य विप्लवविरुद्धको मुद्दा खेप्दै आएको बताएका डा.राउतले भने, ‘स्वतन्त्रताका लागि गरिएको शान्तिपूर्ण आन्दोलनलाई प्रहरीबाट पटक पटक दमन भएको छ । दुःख दिइएको छ ।’ आगामी दिनमा आफूहरू अब चुप लागेर नबस्ने डा.राउतले चेतावनी दिए ।
मधेसी जनताले पटक पटक ठूलो योगदान दिएका बताएका डा.सीके राउतले भने, ‘यस पटक पनि मोर्चा र गठबन्धनले धोका दिने षड्यन्त्र गर्दै छन् । सरकारले पनि गम्भीर धोका दिँदै छ । होसियार ! यस पटक मधेसी जनताको बलिदानीलाई कुनै पनि बहानामा हामी खेर जान दिने छैनौँ । यो चेतावनी दिन चाहन्छौँ ।दैनिक नेपाल२०७३ मंसिर १४ गते

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।