0 COMMENTS

एजेन्सी– युवाहरुमा लिङ्गको आकार एवं लम्बाइसम्बन्धी भ्रमका कारण बेलाबखत अनावश्यक चिन्ता सिर्जना हुन्छ ।त्यसो त पुरुषको लिंगको मुख्य काम सन्तान उत्पादनका क्रममा योनिमार्गमा वीर्य राखिदिनु हो, तर यो पुरुषले यौन आनन्द प्राप्त गर्ने मुख्य अंग पनि हो ।

यौन आनन्द लिन योनी छेदनका अतिरिक्त यसको घर्षण मात्रले पनि यौन आनन्दको महसुस हुन्छ ।सामान्य समयामा नरम र सानो हुने पुरुषको लिंगमा रहको स्पन्ज जस्ता तन्तुहरुमा रगत थुनिएपछि लिंग कडा हुन्छ । त्यसैले उत्तेजित अवस्थामा यो कडा लामो एवं मोटो हुन्छ । वास्तवमा महिलाहरु पुरुष लिंगको आकार तथा नापका सम्बन्धमा अनभिज्ञ नै हुन्छन् तर पनि पुरुषमा आफ्नो पार्टनरको लिंग सानो भन्लिन भन्ने पीर हुन्छ । त्यसो त महिलाहरु यौन सम्पर्कका बेला लिंगको लम्बाइ र आकारलाई खासै चासोको विषय बनाउंदैनन, अर्थात पर्याप्त यौन सुख दिन सके लिंगको आकार र नाप गौण मानिन्छ ।

यौनसम्बन्धी परामर्शका मद्दतले हीनताबोध हटाई आफ्नो महिला पार्टनरले यौनसम्पर्कका बेलामा कसरी बढी आनन्द पाउछन् भन्ने बुझ्न जरुरी छ । महिला यौन सुखका लागि यौनीमार्गका भित्री तहसम्मा नभै यौन सुखको केन्द्र भगांकुर एवं योनीमार्गको बाहिरतिरको एक तिहाई भाग प्रत्यक्ष एवं अप्रत्यक्ष घर्षण हुनु जरुरी छ ।

पुरुष लिंग ठूलो हुँदैमा बढी यौन आनन्द प्राप्त हुन्छ भन्ने होइन । सामान्य अवस्थामा योनीको लम्बाई ४ इन्चको हुन्छ र छोटो भनिने लिंग पनि यौन सुख दिन पर्याप्त हुन्छ । विशेषतः महिलाको यौन संवेदनशील अंगहरुको पर्याप्त स्पर्श हुनु पर्दछ । भंगाकुर, जी स्पटबाहेका यौनी क्षेत्रमा रहेको ठुलो तथा सानो भगोष्ठ, स्तनको मुन्टा अग्रभागमा रहेको मन्स भेनेरिस, नितम्ब, गर्दन, काखी, तिघ्रा नाभी क्षेत्र यौन संवेदशील अंग हुन ।

महिला यौन सुखमा यी अंगहरुको अधिकतम प्रयोग अधिक हुनुपर्छ । बरु पुरुष लिंग साह्रै मोटो र लामो भएको खण्डमा यौन सम्पर्कका क्रममा चोट पुगेर रक्तश्राव हुनसम्छ । त्यसैगरी महिला पार्टनरमा पीडा हुन्छ । यसले गर्दा यौनआनन्दमा कमी आउने तथा पछि–पछि डरका कारण यौन सम्बन्ध नै राख्न डराउने स्थिति सिर्जना हुन्छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।