आङ्खनै लाग्दछ हो गरिब गहमा आँसु लिएका सबै
मेरै वान्धव हुन् असैह्य दुःखले रोई जिएका सबै
मेरो छट्पट मेटिदैन सबको आखा उज्यालो न भै
आफै घन्किनुपर्छ मुक्तिपथको सङ्गीतको राग भै
घाती मानिस नै बनेर अगुवा शान्ति बिरानी भइन्
धर्ती आगनमा लडाइ मचियो भागेर टाढा गइन्
ढोगी शासन शिल्प मालिक बनी धर्ती भयो रौरव
गर्छाै सुन्दर शान्त विश्व रचना हाम्रै छ जिम्मा अब
ताजा स्वच्छ विचार जन्म थलको पापी खडेरी चिरी
बग्ने हो हि“डिदैन जाल अरूका थोत्रा जडौरी भिरी
हामी शिल्पजिबी ठगेर अथवा चोरेर खाइन्न क्यै
हेपेको मनले सहन्न नगने लड्छौ“ डराइन्न क्यै
कत्रा छङ्छङ भीरबाट खसियो ढुङ्गाहुदो बज्रियो
कत्रा पर्वत फोरियो र जुटियो मैदानमा निस्कियो ।
सङ्लो निर्झरका इमान भरिया यात्रै छ आराम ए
रोप्दै सुन्दर फूलबोट हरिया आयौ अविश्राम ए
देख्छौ दूर क्षितीज बाल रविको मुस्कानमा सम्मति
हाम्रो जीवन स्रोत शान्ति रस हो यो गण्डकीको गति
आफ्नाे गौरवपूर्ण उच्च पथमा विश्वास राखीकन
बग्दै नित्य सुसाउ“दै छ यसरी थाक्दै नथाकीकन
(गतिमान् गण्डकी खण्डकाव्यबाट)