0 COMMENTS

काठमाडौं, १३ मंसिर । नेपालमा आज विहान भूकम्पको कडा धक्का महसुस गरिएको छ ।
विहान ५ बजेर २० मिनेटमा रामेछाप र सोलुखुम्बुको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ दशलमव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।काठमाडौं उपत्यकासँगै पोखरा र आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । भूकम्पको धक्काले सुतेका सर्वसाधारणको निद्रा खोलिदिएको छ । मानिसहरु घर बाहिर निस्केका छन् ।भूकम्पले भारतको पश्चिम क्षेत्रमा पनि धक्का दिएको अन्तर्राष्ट्रिय मापन केन्द्रले जनाएको छ ।क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।