0 COMMENTS

pasupatiकाठमाडौं १३, मंसिर/ आज मार्ग कृष्ण पक्षको चतुर्दशी । आज बिहानै मृतका आफन्तले पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा धानका शतबीज छरेका छन् ।शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरेका थिए। यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ।

श्रद्धालुहरू बिहान सबेरै उठेर शरीर शुद्धिपछि जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, सानो केराउ र लावाका साथै मूला, ज्यामिर, सखरखण्ड, पिंडालु र हलेदोका टुक्राहरू छर्दै पशुपति क्षेत्रका देवीदेवताका मन्दिरहरू परिक्रमा गर्दछन्। सत्ययुगमा शिवले मृगको रूप धारण गरी जहाँ–जहाँ विचरण गरेका थिए त्यहाँ–त्यहाँ सतबीज छर्ने गरिन्छ। त्यसरी छरेको प्रत्येक सतबीजको गेडाले एक–एक तोला सुन दान गरे जतिको पुण्य मिल्छ भन्ने जनविश्वास रहँदै आएको छ।छोराछोरी नभएका कसैकसैले आफू मरेपछि शिवलोकमा बास होस् भन्ने कामनाका साथ आफू जीवित छँदै सतबीज छर्न जाने पनि चलन छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।