0 COMMENTS

dattatreyaजुम्ला : नेपालको प्रसिद्ध धार्मिकस्थल मानिने जुम्ला चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवान्को मूर्ति चोरी भएको छ ।

चार हात भएको दत्तात्रेय भगवान्को मूर्तिसहित सानातिना गरेर १४ वटा मूर्ति गएराति चोरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । १४ वटा मूर्तिमात्र नभई अन्य बहुमूल्य वस्तु पनि त्यहाँबाट चोरिएको हुन सक्ने प्रजिअ पण्डितले बताएका छन् । त्यसका लागि अहिले अनुसन्धान कार्य जारी राखिएको उनको भनाइ छ ।

चोरी भएको दत्तात्रेयको मूर्तिको शिरमा सुनको मुकुट र अन्य भाग चाँदीले बनेको कर्णालीका धार्मिक तथा संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताए भयो ।

मुख्य मन्दिरको पादुकाको अघि कमलको आसन बनाएर दत्तात्रेय भगवान्को मूर्ति राखिएको र यो १२ धार्नी भएको आचार्यले जानकारी दिए । त्यसका साथै सुन र चाँदीले बनेको १८ हात भएको भगवतीको मूर्ति, तामा र पित्तलले बनेको बुद्धको मूर्ति र अन्य मिश्रित धातुले बनेको कृष्ण, विष्णु, गोपाल, अप्सरालगायतका देवी देवताका मूर्ति चोरी भएको उनको भनाइ छ ।

जिप्रका, जुम्लाका प्रहरी निरीक्षक दिलबहादुर थापाले चोरीको घटना कसरी भएको भन्ने कुरा अध्यययन अनुसन्धान हुनाका साथै सो स्थलमा प्रहरीले सुरक्षा दिइरहेको जानकारी दिए ।प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७३

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।