0 COMMENTS

15267529_340815252949114_154705557580049711_nकाठमाडौं १२,मंङ्सीर / तेजेश्वरबाबु ग्वंगलाई घटराज पुरस्कार बाट सम्मानीत । घटराज भट्टराईको ७५ औं जयन्तीका अवसरमा निम्बन्ध लेखनका साथै अतिरिक्त कला, संस्कृतिको क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याएको भन्दै तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको ‘घटराज पुरुस्कार’ प्रदान गरिएको छ ।शताब्दी पुरुष डा. सत्यमोहन जोशीले ताम्रपत्रका साथै ५० हजार नगद पुरुस्कारबाट उहाँ सम्मानित हुनुभएको हो ।15203199_340815139615792_3533999928650259705_n

समारोहमा घटराज भट्टराईका गुरू ९० वर्षीय विजुलीप्रसाद भट्टराईलाई नगद राशि सहित दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियो।नेपाली साहित्य परिषद् युकेका संस्थापक अध्यक्ष सुरेशजङ्ग शाह, नेपाली नाट्यकलाका सुप्रसिद्ध कलाकार हरिबहादुर थापा, नेपाली साहित्यका सुप्रसिद्ध साहित्यकारहरू नरेन्द्रराज पौडेल, गोपाल पराजुली, डा.शैलेन्दुप्रकाश नेपाल, ध्रुव मधिकर्मीआदि उपस्थित सो समारोहमा घटराज मेमोरियल स्कुलका छात्रा ७ वर्षीय सभ्यता चालिसे र ९ वर्षीय रिहना भट्टराईले अभिनय प्रस्तुत गरेका थिए।घटराज भट्टराई स्मारक कोशका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न सो समारोहमा शताब्दी पुरुष डा.सत्यमोहन जोशी, तेजेश्वरबाबु ग्वंग, प्रयागराज वाशिष्ट, शान्ति रिसाल, अर्चना वाग्ले, डा.राजेश भट्टराई र सदस्यसचिव साधना दाहालले घटराज भट्टराई र पुरस्कृत व्यक्तिवका बारे प्रकाश पार्नुभएको थियो ।कार्यक्रम बुढानीलकण्ठ नगरपालीका वडा नं१४ मा रहेकाे घटराज मेमाेरीएल स्कुलमा भएकाे थीयाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।