0 COMMENTS

Nepal-national-football-team-430x316नेपालले फिफा वरीयतामा एकै पटक पाँच स्थान फड्को मार्न सफल भएको छ । फिफाले नोभेम्बर महिनाको जारी गरेको वरीयतामा ९० अंकका साथ १८१औं स्थानमा पुग्न सफल भएको हो । ७४ १८६औं स्थानबाट नेपालले पाँच फड्को मार्न सफल भएको हो । दक्षिण एसियातर्फ भने नेपाल पाँचौं स्थानमा छ । नेपालभन्दा माथि भारत, अफगानिस्तान, भुटान र माल्दिभ्स रहेका छन् ।
२०१६ को जनवरीमा नेपाल १९६औं स्थानमा थियो । त्यसपछि अप्रिलमा सुधार गर्दै १७९औं स्थानमा रहेको थियो । फिफाले वरीयता सुरु गरेपछिको नेपालको औसत वरीयता १६४औं रहेको छ । मलेसियामा भएको एएफसी सोलिडारिटी कपको प्रदर्शनपछि नेपालले फड्को मारेको हो ।

सोलिडारिटी कपमा नेपालले पराजय भागेको थिएन । समूह चरणमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको थियो भने ब्रुनाईलाई ३–० को जित आत्मसात गरेको थियो । सेमिफाइलनमा लाओसलाई टाइब्रेकरमा हराएको थियो भने मकाउलाई फाइलनमा १–० ले
हराएको थियो । सोलिडारिटी कपमा नेपालसँग फाइनलमा हारेको मकाउले भने एकैपटक १२ स्थान माथि चढ्न सफल भएको छ । दक्षिण एसियातर्फ शीर्षमा रहेको भारत १३७औं स्थानमा छ । त्यसपछि अफगानिस्तान १४७औं स्थानमा रहेको छ । माल्दिभ्स १५४औं स्थानमा छ भने भुटान १७६औं स्थानमा छ ।

नेपालभन्दा पछि रहेका दक्षिण एसियाली देशमा बंगलादेश १८३औं स्थानमा छ । श्रीलंका १९५औं स्थानमा छ । पाकिस्ताना १९७औं स्थानमा छ । एसियामा इरान शीर्ष स्थानमा छ भने कोरिया र जापान त्यसपछि क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

विश्व वरीयतामा अर्जेटिना शीर्ष वरीयतामा यथावत छ । ब्राजिलले एक फड्को मार्दै दोस्रो स्थान कब्जा गरेको छ । जर्मनी तेस्रोमा झरेको छ । चिली, बेल्जियम, कोलम्बिया, फ्रान्स, पोर्चुगल, उरुग्वे र स्पेन क्रमशः दसौं स्थानसम्म रहेका छन् ।प्रकाशीत मीती २०७३ मंङ्सीर १२

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।