0 COMMENTS

nepal cricketकाठमाडौं११, मंसिर /एसिसी महिला एसिया कप क्रिकेटमा नेपालले शनिबार पाकिस्तानसँग खेल्दैछ । टेष्ट मान्यता प्राप्त पाकिस्तानसँग नेपालको खेल थाइल्याण्डको बैककमा दिउँसो पौने १ बजेपछि सुरु हुनेछ । नेपाली टोलीले पाकिस्तानलाई गतिलो चुनौती दिने तयारी गरेको प्रशिक्षक राजु बस्न्यातले बताए । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली प्रतियोगिताका लागि बुधबार बैंकक गएको हो । नेपाली टोलीमा सीता राना मगर, नीरा राजोपाध्याय, करुणा भण्डारी, रोशनी बोहरा, ज्योति पाण्डे, रश्मी शर्मा चौलागाईं, सबनम राई, संगीता राई, काजल श्रेष्ठ, नेरी थापा, सरस्वती चौधरी, शोभा आले, सरिता मगर र इन्दु बर्मा छन् ।
सिंगल राउन्ड रोविन २० ओभरको प्रतियोगितामा आयोजक थाइल्याण्ड र नेपालसहित भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सहभागी छन् । नेपालले पाकिस्तान पछि श्रीलंका, बंगलादेश, थाइल्यान्ड र भारतसँग प्रतिस्पर्धा गर्नेछ । गएको महिना हङकङमा भएको विश्वकपको एसिया छनौटमा दोश्रो हुँदै नेपालले एसिया कपमा स्थान बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।