0 COMMENTS

football-teamकाठमाडौं११, मंसिर /अखिल नेपाल फुटबल संघ एन्फाले आउँदो पुस ११ गतेदेखि हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि ३० जना खेलाडी छनौट गरेको छ । एन्फाले प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ३० जना खेलाडीको घोषणा गरेको हो । एञ्जिला तुम्बापो सुब्बा, नमिताकुमारी डली, रुपा राना मगर, अञ्जना राना मगर, घिमकुमारी गुरुङ, अमृता जैशी, अञ्जली वाइवा, मन माया लिम्बु, हिराकुमारी भुजेल, पूनम जर्घा मगर ३० सदस्यी टोलीमा परेका छन् ।
यसैगरी गिता राना, बिमला बिक, नन्दकुमारी थापा, कविता धिमाल, सपना लामा, दिपा राई, लक्ष्मी पौडेल, अनिता बस्नेत, दीपा अधिकारी, रेनुका नगरकोटी, अनिता केसी, इन्दिरा राई, मञ्जली योञ्जन, सबिता भण्डारी पनि प्रारम्भीक टोलीमा परेका छन् । साबित्रा भण्डारी, कृष्णा खत्री, शर्मिला थापा, निरु थापा, निर्मल बिक, मञ्जु गुरुङ र सरु लिम्बु पनि टोलीमा परेका छन् ।
साफ च्याम्पियनसिपमा नेपालसँगै समूह ए मा श्रीलंका, माल्दिभ्स र भुटान परेका छन् । त्यस्तै डिफेन्डिङ च्याम्पियन भारतसहित बंगलादेश र अफगानिस्तान समूह बी मा परेका छन् ।
पुस ११ गतेदेखि हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेल्नेछ । नेपालले पुस १३ गते माल्दिभ्स र पुस १५ गते श्रीलंकासँग खेल्नेछ । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् । सबै खेलहरु भारतको सिलिगुढीको कन्चनजङ्घा रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।