0 COMMENTS

 ankajiकाठमाडौं । बेलाबेला विवादास्पद अभिब्यक्ति दिएर चर्चामा आइरहने संघीय समाजवादी फोरमका नेता आङकाजी शेर्पाले राष्ट्रपति विद्या भण्डारीविरुद्ध महाअभियोग ल्याउनु पर्ने माग गरेका छन् ।

राष्ट्रपति विद्या भण्डारीलाई लाई ‘अतिहिन्दुबादी’को सज्ञा दिएका उनले जनजाति आदिबासी सांसदहरुलाई महभअियोगको प्रस्ताव ल्याउन आह्वान गरेका छन् ।

बौद्धस्थित स्तुपा उद्घाटनमा नगएकी राष्ट्रपति बाबा रामदेवको योगकेन्द्रमा गएको भन्दै आङकाजीले राष्ट्रपतिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा नारा नै लेखेका छन् ।

उनले महाअभियोगको प्रस्ताव ल्याउन आह्वान गर्दै लेखेका छन्, “अति हिन्दुवादी राष्ट्रपति विध्या भण्डारी विरूद्ध महाअभियाग प्रस्ताव दर्ता गर्न सबै आदिवासी जनजाति सभासदहरूमा अनुरोध छ” । प्रकाशीत मिती १० मंसिर २०७३

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।