0 COMMENTS

machindranath ललीतपुर,१० मंङ्सिर/ ललितपुर, ६ महिनादेखि बुङ्गमतीमा रहेको मछिन्द्रनाथकाे रथलाई यही मङ्सिर २० गते पाटन ल्याइने भएकाे छ ।मछिन्द्रनाथको साइत हेर्दै आएका ज्याेतिष कीर्तिकिरण जोशीले बिहीबार साइत हेरेर मङ्सिर २० गते ल्याउनु उपयुक्त भएकोले धान्य पूर्णिमाभन्दा पहिले नै देवतालाई पाटन ल्याउने गरिएको बताए ।

बुङमतीको मछिन्द्रनाथको मन्दिरमा देवता रहेकामा पाटन ल्याएपछि मछिन्द्रबहालस्थित मछिन्द्रनाथको मन्दिरमा राखिन्छ । उनले भने, “मङ्सिरको बिहीबार साइत हेरेर मङ्सिरमा नै देवतालाई पाटन ल्याउने गरिएको छ ।” उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको मछिन्द्रनाथको जात्रा ६ महिनासम्म सञ्चालन हुने गरेको छ ।

देवता ६/६ महिना पाटन र बुङमती रहने गर्छन् । बुङमतीमा रहँदा महिनामा एकपटक मात्रै पूजा हुने गरेपनि पाटनमा विभिन्न किसिमका पर्व,जात्रा सञ्चालन हुने गर्छन् । देवता पाटनमा ल्याएपछि नै काठ काट्ने, रथ बनाउने लगायतका तयारी सुरु हुने गुठी संस्थान, ललितपुर शाखाका प्रमुख बैकुण्ठ आचार्यले बताए ।

मछिन्द्रनाथ जात्राका लागि वर्षमा दुईपटक साइत हेर्ने गरिएको छ । बुङमतीबाट पाटन ल्याउनका लागि एकपटक र भोटो जात्रा हुने समयमा लगनखेलबाट जावलाखेल लैजानका लागि अर्को पटक साइत हेर्ने गरिन्छ । लगनखेलबाट जावलाखेल देवता पुर्याएको चार दिनपछि भोटो जात्रा सञ्चालन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।