0 COMMENTS

15218271_1138636012898223_601037443_nराजु बस्नेत,समाजकाे अाावाज,काठमाण्डाै,८मंङ्सीर२०७३,/पुर्वाञ्चलमा खप्तडी बस्नेत युवा समाज पुर्वाञ्चल गठन भउकाे छ । गत मंसिर ४ गते शनिवार का दिन सप्तरी जिल्लाको फत्तेपुर हेडवान पार्कमा ” सम्पूर्ण खप्तडी बस्नेत का युवाहरु बिचको एकता  कुल र वंश उत्थानमा आजको आवश्यक्ता” भन्ने नाराका साथ सम्पन्न पुर्वाञ्चल स्तरीय बृहत् खप्तडी बस्नेत युवा सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम खप्तडी बस्नेत बन्धु उत्थान तथा वंशावली समिति का केन्द्रीय अध्यक्ष श्री शिव बहादुर बस्नेत ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे उक्तकार्यक्रममा खप्तडी बस्नेत वंशावली समिति का केन्द्रीय सदस्यहरु, बिभन्न जिल्ला का जिल्ला वंशावली समिति का सदस्यहरु, खप्तडी बस्नेत युवा समाजका केन्द्रीय सदस्यहरु का साथ वंशावलता श्री राम बहादुर बस्नेत ज्यु लगायत समस्त पुर्वाञ्चल बासी खप्तडी बस्नेत तथा बस्नेत परिवारका युवा हरूकाे जाेसीलाे तथा ब्यापक सहभागीता थीयाे ।सभ्य र भब्यताका साथ सम्पन्न उक्त कार्यक्रमा श्री समन सिंह बस्नेत ज्यु को अध्यक्षतामा २१ सदस्य खप्तडी बस्नेत युवा समाज पुर्वाञ्चल गठन गरिएको छ।

15134456_1138635989564892_1722377412_nनव निर्वाचित अध्यक्ष श्री समन सिंह बस्नेत ज्यु का अनुसार सल्लाहकार मा श्री सुनिल बस्नेत ( सप्तरी ) लाई चयन गरिएको जानकारी दिनु का साथै नव गठित कार्य समिति मा पुर्वाञ्चलका छुटेका पहाडी जिल्लाहरुलाई पनि थप गर्दै कार्य समिति बिस्तार गर्दै लैजाने जानकारी दिनु भयो । साथै उहाँको अनुसार  यो पुर्वाञ्चल स्तरीय बृहत् खप्तडी बस्नेत युवा सम्मेलनले खप्तडी बस्नेत का युवा युवतीहरु बिच एक – आपसमा चिन जान,सद्भाव, भातृत्व एवम् सहयोगात्मक भावनाको अभिवृद्धि गर्दै समाज प्रती उत्तरदायी बन्दै समाजको उत्थान र कुल वंश उत्थान र रुपान्तरण को लागि मैत्रीपूर्ण रुपमा संगठित हुँदै समाजको उन्नति , देश बिकास र वंश उत्थानमा महत्त्वपूर्ण टेवा दिने र सामाजिक सेवा गर्न सम्पूर्ण खप्तडी बस्नेतका युवा हरुलाई अभिप्रेरित गर्न सफल भएको बिश्वास व्यक्त गर्नु भयो ।

15211646_1138635962898228_987085086_n

कार्य समीती यस प्रकार रहेकाे छ ,

 

१. अध्यक्ष – श्री समन सिंह बस्नेत ( मोरङ)
२. उपाध्यक्ष – श्री उमेश बस्नेत ( उदयपुर )
३. सचिव – श्री बादसा बस्नेत ( सप्तरी )
४.कोषाध्यक्ष – श्री युवराज बस्नेत( सुनसरी )
५. सह – सचिव – श्री गगन बस्नेत (इलाम )
६.सदस्य – श्री अमन बस्नेत (सुनसरी )
७.सदस्य – श्री बिकास बस्नेत (झापा)
८. सदस्य – श्री भुपेन्द्र बस्नेत (ओखलढुङा)
९.सदस्य – श्री खगेन्द्र बस्नेत ( खोटाङ)
१०.सदस्य – श्री गणेश बस्नेत ( उदयपुर )
११.सदस्य – श्री मनोज बस्नेत (सिराहा )
१२. सदस्य – सुश्री अस्मिता बस्नेत (झापा)
१३. सदस्य – श्री सन्तोष बस्नेत ( मोरङ)
१४. सदस्य – श्री निर्मल बस्नेत ( सप्तरी )
१५. सदस्य – श्री रोजित बस्नेत (इलाम)
१६. सदस्य – सुश्री दिपा बस्नेत (सुनसरी )
१७.सदस्य – श्री नवीन बस्नेत (मोरङ)
१८. सदस्य – श्री संजय बस्नेत (उदयपुर )
१९. सदस्य – श्री दुर्गा बस्नेत ( सुनसरी )
२०.सदस्य – श्री लोक बहादुर बस्नेत(सप्तरी)
२१. सदस्य – श्री सन्तोष बस्नेत ( झापा )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।