0 COMMENTS

वीरेन्द्र केसी, कास्की,मंसिर ८, २०७३- एमाले सचिव गोकर्ण विष्टले सरकारले संविधान संशोधन गर्न खोजे त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

उनले संशोधन प्रस्ताव संसदमा पेश भएमा एमालेले कडा विरोध गरेर प्रस्ताव पारित गर्न नदिने दावी गरे । ‘तराइका जमिन्दार र सीमित नेतालाई खुसी पार्न सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउँदैछ,’ प्रेस चौतारी अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार भेटघाटमा बुधवार विष्टले भने, ‘हामीलाई मान्य हुँदैन । कुनै हालतमा संशोधन हुन दिँदैनौं ।’

अहिलेको आवश्यकता संविधान संशोधन नभएर संविधानको कार्यन्यवन भएकाले संशोधन आवश्यक नरहेको उनको तर्क छ । सरकारले कार्यन्यवन तर्फ ध्यान निदिएको उनको आरोप छ । केही सीमित मधेसी नेतालाई चित्त बुझाएर सत्ता टिकाउने नाममा ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई तराइबाट अलग गर्न खोज्ने षड्यन्त्र भएको उनले बताए ।

‘कुनै हालतमा पाँच नम्बर प्रदेशलाई टुक्राउन दिँदैनौ,’ उनले भने, ‘टुक्राइए सशक्त प्रतिवाद र आन्दोलन गर्छौं । गुल्मी, अर्घाखाँची र पाल्पा ५ नम्बर प्रदेशबाट अगल हुँदैनन् ।’ उनले संविधान सम्झौताको दस्तावेज भएकाले संशोधन गर्न मिल्ने भएपनि राष्ट्रिय हित विपरितको काम गर्न नदिने दावी गरे ।कान्तीपुर

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।